आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्सा जिल्ला कमिटीले तीन जना केन्द्रीय सदस्यलाई निर्वाचन समन्वयको जिम्मेवारी दिएको छ।
सोमबार वीरगञ्जमा सम्पन्न पार्टीको बैठकले निर्वाचनलाई प्रभावकारी र सफल बनाउन क्षेत्रगत रूपमा जिम्मेवारी बाँडफाँड गरेको हो। बैठकको निर्णयअनुसार पर्सा क्षेत्र नम्बर १ को समन्वयको जिम्मा केन्द्रीय सदस्य निर्मला देवकोटालाई दिइएको छ।
यसैगरी पर्सा क्षेत्र नम्बर २ को जिम्मेवारी केन्द्रीय सदस्य तथा पूर्व महानगरप्रमुख विजय कुमार सरावगीलाई प्रदान गरिएको छ भने पर्सा क्षेत्र नम्बर ३ र ४ को समन्वयको जिम्मा केन्द्रीय सदस्य प्रभु हजरा लाई तोकिएको छ।
पार्टीले अनुभवी र संगठनमा बलियो पकड भएका नेताहरूलाई जिम्मेवारी दिई निर्वाचन तयारीलाई थप सुदृढ बनाउने जनाएको छ। आगामी दिनमा जनसम्पर्क, संगठन विस्तार तथा चुनावी प्रचारलाई तीव्रता दिने निर्णयसमेत बैठकले गरेको छ।एमाले पर्सामा पार्टीले यसपालि नयाँ र अनुभवीलाई टिकट दिएको छ । पर्सा १ मा प्रदिप यादव, पर्सा २ मा रिमा कुमारी यादव , पर्सा ३ मा रुपेश पाण्डे र पर्सा ४ मा जालिम मियाँ चुनावी मैदानमा उत्रेका छन ।

प्रतिक्रिया