पर्सा निर्वाचन क्षेत्र नम्बर-३ मा यसपटकको निर्वाचन युवापुस्ताको आशा र अपेक्षासँग जोडिएको देखिएको छ। सूर्य छापका उम्मेदवार तथा युवा नेता रुपेश कुमार पाण्डेय स्पष्ट दृष्टि (Vision), दृढ आत्मविश्वास र सेवाभावको पहिचान बोकेर चुनावी मैदानमा उत्रिनुभएको छ।
रुपेश पाण्डेय भाषण र नारामा सीमित नेता होइनन्। उहाँ आफ्नै गाउँ–ठाउँका सुख–दुःखमा सधैं साथ दिने, जनताबीच बसेर समस्या सुन्ने र समाधान खोज्ने व्यवहारिक नेताका रूपमा परिचित हुनुहुन्छ। जनताको पीडा बुझ्ने क्षमता र त्यसलाई समाधानतर्फ लैजाने आत्मविश्वास नै उहाँको मुख्य शक्ति मानिन्छ।
उहाँको नेतृत्व र प्रतिबद्धतामा पर्सा क्षेत्र नम्बर-३ का लागि विकासका स्पष्ट प्राथमिकताहरू अघि सारिएका छन।
स्वास्थ्य क्षेत्रमा गाउँ–गाउँमा आधारभूत स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय अस्पतालको विकास तथा आपतकालीन सेवामा सहज पहुँच सुनिश्चित गर्ने उहाँको योजना छ।
कृषि क्षेत्रमा किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था, बजारको पहुँच र उत्पादनको उचित मूल्य दिलाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिको प्रयोग र युवालाई सीपमूलक तथा रोजगारमुखी तालिम प्रदान गर्ने उहाँको योजना रहेको छ।
त्यसैगरी किसान र श्रमिकको मेहनतको सम्मान, अधिकारको रक्षा र आत्मनिर्भरता विकास गर्नु उहाँको मुख्य एजेन्डा हो।
स्पष्ट सोच—“विकास कागजमा होइन, जमिनमा देखिनुपर्छ। राजनीति पदका लागि होइन, सेवाका लागि हुनुपर्छ।”
पर्सा क्षेत्र नम्बर-३ को समग्र विकास, सुशासन र उज्यालो भविष्यका लागि युवा सोच, स्पष्ट दृष्टि र दृढ आत्मविश्वास भएका नेता आवश्यक रहेको भन्दै स्थानीय मतदाताबीच रुपेश पाण्डेयप्रति समर्थन बढ्दै गएको देखिन्छ। जनतासँग प्रत्यक्ष जोडिएको नेतृत्व र व्यवहारिक कार्ययोजनाले उहाँलाई यस क्षेत्रको भरोसायोग्य विकल्पका रूपमा स्थापित गरिरहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया