$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

ओली र देउवा बिचको समझदारी धरापमा, एमालेभित्र चुनावी रणनीतिमाथि सघन छलफल

580


काठमाडौँ-
निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहलाई आधिकारिकता दिएपछि नेकपा एमालेभित्र राजनीतिक र निर्वाचन रणनीतिबारे सघन छलफल सुरु भएको छ। कांग्रेसको नेतृत्व गगन थापाको हातमा पुगेसँगै अध्यक्ष केपी शर्मा ओलीको पूर्वनिर्धारित गठबन्धन रणनीति संकटमा परेको एमाले स्रोतको भनाइ छ।

एमाले अध्यक्ष ओलीले यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेर निर्वाचनमा जाने समझदारी गरेका थिए। एमाले र कांग्रेसका वरिष्ठ नेताहरूलाई जिताउने गरी सहमति बनेको थियो। तर कांग्रेसको आधिकारिकता गगन थापाले पाएपछि ती सहमतिहरू कार्यान्वयनमा जानेरनजाने भन्ने विषयमा अन्योल देखिएको छ।

यसैबीच, कांग्रेससँग तालमेल गर्ने भनिएका निर्वाचन क्षेत्रमा अब कसरी अघि बढ्ने भन्ने विषयमा एमालेमा स्पष्ट रणनीति बन्न सकेको छैन। स्रोतका अनुसार ओलीले वैकल्पिक गठबन्धनको खोजीस्वरूप नेपाली कम्युनिष्ट पार्टीसँग पनि तालमेलको प्रस्ताव गर्न दोस्रो तहका नेताहरूलाई परिचालन गरेका थिए। तर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तालमेल नगर्ने स्पष्ट जवाफ दिएपछि अध्यक्ष ओली थप अप्ठ्यारोमा परेका छन्।

यता, निर्वाचन आयोगबाट कांग्रेसको आधिकारिकता गगन थापाले पाएपछि एमालेका शीर्ष नेताहरू शुक्रबार रातिदेखि सघन छलफलमा जुटेका थिए। अध्यक्ष ओलीको भक्तपुर, गुण्डुस्थित निवासमा शुक्रबार राति सुरु भएको बैठक शनिबार बिहान करिब १ बजे सकिएको थियो। बैठकमा अध्यक्ष ओलीसहित उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा ९बादल० र महासचिव शंकर पोखरेल सहभागी थिए। महासचिव पोखरेल दाङबाट नेपालगञ्ज हुँदै काठमाडौं आइपुगेर सिधै छलफलमा सहभागी भएको स्रोतले जनाएको छ।

एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका १६५ उम्मेदवार टुंग्याउन आज दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको छ। प्रदेश र जिल्ला इञ्चार्जहरूबाट सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारको सिफारिस माग भइसकेकाले उम्मेदवारको नाम टुंग्याउने विषय त्यति पेचिलो नभए पनि कांग्रेस विभाजनपछिको राजनीतिक अवस्थाबारे अलग्गै छलफल गरिएको एमाले स्रोतले जनाएको छ।

एमालेले यसअघि प्रतिनिधिसभा निर्वाचनमा केही स्थानमा कांग्रेससँग गठबन्धन र केही स्थानमा निर्वाचन सहजताका लागि सहकार्य गर्ने नीति लिएको थियो। सोही समझदारीअनुसार राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन बनेको थियो र उम्मेदवारहरू मैदानमा छन्। तर कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको समूहलाई दिएपछि अब कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिने वा स्थगित गर्ने भन्ने विषयमा एमाले नेतृत्व अन्योलमा परेको छ।

स्रोतका अनुसार कांग्रेस विभाजनका कारण आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेका कतिपय उम्मेदवारलाई पर्न सक्ने जोखिम, प्रत्यक्षतर्फ कांग्रेससँग कुनै किसिमको सहकार्य नहुने अवस्था आएमा अपनाइने वैकल्पिक रणनीति र सम्भावित नयाँ गठबन्धनबारे गहिरो छलफल भएको थियो।

राष्ट्रियसभा निर्वाचनकै क्रममा प्रचण्ड नेतृत्वको नेकपासँग पनि सहकार्यको प्रस्ताव एमालेले अघि सारेको भए पनि बढी सिटको मागका कारण सहमति हुन नसकेको स्रोतले जनाएको छ। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि भने नेकपासहितका वाम घटक र साना राजनीतिक दलसँग छलफल गर्ने विकल्प खुला राखिएको एमालेभित्र चर्चा छ।

यता, शेरबहादुर देउवा पक्षले आज बस्ने बैठकले के निर्णय गर्छ भन्ने आधारमा उम्मेदवार छनोट र गठबन्धन रणनीति तय गर्ने ओलीको योजना रहेको स्रोतले जनाएको छ। अदालतबाट तत्काल देउवा पक्षको पक्षमा निर्णय आउने सम्भावना कमजोर देखिएकाले एमालेले साना राजनीतिक दल र मधेसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग समेत तालमेल गर्ने रणनीति बनाएको देखिन्छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,539,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,622,विचार,35,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,606,स्थानीय समाचार,309,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: ओली र देउवा बिचको समझदारी धरापमा, एमालेभित्र चुनावी रणनीतिमाथि सघन छलफल
ओली र देउवा बिचको समझदारी धरापमा, एमालेभित्र चुनावी रणनीतिमाथि सघन छलफल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTJx69rrGcogitIAUTgfvLPbLGqeFyglqDbEUMbePmVlh_nnDUEI0T6IGKh9JTYf5nTtOixX-lxWCweCYAVqOqBFPMj3hNAe9EOMCFFJ6MiXbxP8Q3KFohj2JVPcI1aoMb11UX80QpU-9Z_BnbadQYGZAoDFkdCZiRPdlWK5Ud6s3CcPmouknvwMiR8Efc/s320/oli-with-deuba.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTJx69rrGcogitIAUTgfvLPbLGqeFyglqDbEUMbePmVlh_nnDUEI0T6IGKh9JTYf5nTtOixX-lxWCweCYAVqOqBFPMj3hNAe9EOMCFFJ6MiXbxP8Q3KFohj2JVPcI1aoMb11UX80QpU-9Z_BnbadQYGZAoDFkdCZiRPdlWK5Ud6s3CcPmouknvwMiR8Efc/s72-c/oli-with-deuba.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/01/blog-post_28.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/01/blog-post_28.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content