वीरगञ्ज- भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा वीरगञ्जस्थित महावाणिज्य दूतावासले आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम वीरगञ्ज दूतावासमै सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्यदूत देवी सहाय मिनाले भारतले आर्थिक प्रगतिसँगै संस्कृतिको विश्वव्यापी प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरूले भारत–नेपालबिच युगौँदेखि कायम धार्मिक, सामाजिक र सांस्कृतिक सम्बन्धको महत्वबारे भाषण तथा नृत्य प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाएका थिए । विद्यार्थीहरूको भाषिक दक्षता र रचनात्मक प्रस्तुतिले उपस्थित अतिथिहरूलाई प्रभावित बनाएको थियो ।
महावाणिज्य दूत देवी सहाय मिना पुरस्कार वितरण गर्दै विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमले हिन्दी भाषा र संस्कृतिप्रति विद्यार्थीहरूमा रुचि बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शैक्षिक संस्था, उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधि, भारत–नेपाल मैत्री सङ्घका पदाधिकारी तथा हिन्दी प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया