पर्सा- गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन वीरगञ्जका मनिष दासले आइतवार चित्रगुप्त समिति वीरगञ्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।
चित्रगुप्त संरक्षक परिषद् का पुर्व अध्यक्ष वीरगञ्ज महानगर पालिका वडा न १ निवासी स्व। प्रा।डा। कुलानन्द लाल दास को चिर स्मृतिमा धर्मपत्नी श्रीमती रम्भा देवी दास र छोराहरु श्री सुभाष कुमार दास एवम् श्री मनिष दासले चित्रगुप्त समिती वीरगञ्जलाई अक्षयकोष को लागि रु ५ लाख ५५ हजार ५ सय ५५ रुपैया उपलब्ध गराएका हुन। वरिष्ठ शिक्षाविद प्रा। डा दास ठाकुरराम क्याम्पसमा कार्यरत हुनुहुन्थ्यो ।
बुधबार दाता परिवारको तर्फबाट मनिष दास र हेमा कुमारी दासले चित्रगुप्त समिति वीरगञ्जका अध्यक्ष महेश दास एवम् कोषाध्यक्ष डा आलोक चन्द्र दत्तलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गर्नु भयो ।
प्राध्यापक डा। कुलानन्द लाल दासका सुपुत्र मनिष दासले पिताजीको नाम चिर स्मरण को लागि अक्षयकोष स्थापना गरि चित्रगुप्त समिति मार्फत गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरिएको बताए । दासले ुपिताजी चित्रगुप्त समितिको स्थापनाकाल देखि सक्रिय रही अध्यक्षको जिम्मेवारी समेत निर्वाह गर्नु भएकोले चित्रगुप्त समिति मार्फत सहयोग प्रदान गर्ने आमाको ईच्छा रहेकोले अक्षयकोष को स्थापना गरेको बताए ।
दाता परिवारबाट प्राप्त रकमबाट आर्थिक रुपमा विपन्न जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा छात्रवृत्ति दिइने तथा अति आवश्यक विरामीलाई औषधि उपचारमा आर्थिक सहयोग प्रदान गरिने समितिका अध्यक्ष महेश दासले बताए । यो अक्षयकोषमा अन्य दाताहरुले समेत ईच्छाएको व्यक्तिको नाममा रकम दिन अपिल गर्नु भयो ।

प्रतिक्रिया