पर्साको धोबिनी गाउँपालिकामा सरकारी सम्पत्तिको मनपरी प्रयोग र पदीय शक्तिको दुरुपयोग भएको आरोप सार्वजनिक हुँदै जाँदा स्थानीय तह सरकारको पारदर्शिता, सुशासन र जवाफदेहितामा गम्भीर प्रश्न उठेको छ ।
धोबिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णा खतिवाडाले सरकारी सम्पत्तिको मनपरी प्रयोग र पदीय शक्तिको दुरुपयोग भएको आरोप सार्वजनिक हुँदै जाँदा स्थानीय तह सरकारको पारदर्शिता, सुशासन र जवाफदेहितामा गम्भीर प्रश्न उठेको हो ।
प्रमुख प्रशासकिय अधिकृत खतिवाडाले धोबिनि गाउँपालिकामा हाजिर भएदेखि मनपरी ढंगले काम गर्ने र पदीय शक्तिको दुरुपयोग गर्ने प्रवृतिमा मात्र लिप्त रहेको देखिएको छ । प्रमुख प्रशासकिय अधिकृत खतिवाडाले सरकारी सवारी साधनको दोहोरो नम्बर प्लेट लगाएर निजी काममा सरकारी गाडीको निर्बाध प्रयोग गर्छन, भने सरकारी काम भन्दा ब्यक्तिगत काममा मात्र ब्यस्त हुनेगरेको देखिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत खतिवाडाले धोबिनि गाउँपालिकामा हाजिर भएको ३ महिना भयो तर पालिकाको काम भन्दा निजि काम र भ्रमणमा रमाउछन । उनीसंग पालिकामा कहिल्यै पनि भेट हुदैन, भने उनको दर्शन दुर्लभ नै हुन्छ, तर पालिकाको सरकारी सवारी साधनको नियमित प्रयोग र दुरुपयोग गरिरहेको समाचार स्रोतको दावी छ ।
प्रमुख प्रशासकिय अधिकृत खतिवाडाको फोन समेत उठदैन, उनीसंग भेटन खोज्दा हेटौडा वा राजधानीमा मात्र भेटन सकिन्छ, सिधा कुरा गर्दा उनी मन्त्री जस्तै काठमाडौंमा उठिवास गर्छन । प्रमुख प्रशासकिय अधिकृत खतिवाडाले धोबिनी गाउँपालिकामा रहेको प्रदेश सरकारी गाडीमा २–०३–००१–झ ३३ र निजि प्रदेश २–०३–००१–च २०१५ एउटै (स्कोरपियो) गाडीमा दुईवटा नम्बर प्लेट राखेर दवंग शैलीमा प्रयोग गर्छन, भने प्रमाण समेत फेला परेको छ ।
प्रमुख प्रशासकिय अधिकृत खतिवाडाले आफ्ना करतुतलाई लुकाउन “कार्यालयमा दर्ता भएको सरकारी गाडीको सरकारी नम्बर प्लेट उतारेर कहिले निजी नम्बर त कहिले सरकारी, कहिले निजी—दुवै नम्बर प्रयोग गर्छन, भने नाम नछापने शर्तमा एकजना पालिकाकै कर्मचारीले जानकारी दिएका हुन । प्रमुख प्रशासकिय अधिकृत खतिवाडा आए देखि आफ्नै तालमा पालिकामा प्रस्तुत भएका छन, मन लागे कार्यलय आउने, मन नलागे कार्यालय नआउने प्रवृतिमा मात्र उनि लिप्त रहेको उनले दावी गरेका छन ।
प्रमुख प्रशासकिय अधिकृत खतिवाडाले पालिकालाई आफ्ना भ्रमणीय कार्यालय नै बनाएर पदीय शक्तिमा सरकारी गाडीको दुरुपयोग गरिरहेको अर्का एकजना जनप्रतिनिधिले जानकारी दिए । उनले प्रमुख प्रशासकिय अधिकृत खतिवाडा पर्सा जिल्ला प्रवेश गर्दा सरकारी नम्बर प्लेट प्रयोग गर्छन, भने जिल्ला बाहिर हुदाँ निजि नम्बर प्लेट प्रयोग गरि रमाउछन, भने उनले दावी गरे ।
यति मात्र होईन प्रमुख प्रशासकिय अधिकृत खतिवाडाले पालिकामा आएदेखि पदीय शक्तिमा सवारी साधनको प्रयोग र पालिकामा नियमविपरीत बहुविध सुविधा ग्रहण जस्ता गतिविधि सुरु गरेका छन, तर यस तर्फ नियमन गर्ने निकायहरूको मौनता आफैँमा अनुसन्धानको विषय बनेको छ ।
नेपालको मोटर वाहन तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार एउटा सवारी साधनमा एकै नम्बर प्लेट अनिवार्य हुन्छ, दर्ता प्रयोजनअनुसार मात्र प्रयोग गर्न पाइन्छ, सरकारी गाडीमा निजी नम्बर राख्नु सिधै गैरकानुनी कृत्य रहेको प्रष्ट छ, यसैगरी नियमावली २ मा सवारी साधन सञ्चालन तथा व्यवस्थापन निर्देशिकामा भने विभिन्न कार्यालय प्रचलित नियम अनुसार कार्यालय प्रमुखले मात्र स्वीकृत काममा सवारी प्रयोग गर्न पाइने, उच्च पदाधिकारीले पनि निजी काममा सवारी प्रयोग गरे अनुशासनिक कारबाही हुनसक्ने छ । तर प्रमुख प्रशासकिय अधिकृत खतिवाडालाई यस्ता नियम कानुनको कुनै महत्व छैन, भने निजी भ्रमण र बाहिरी जिल्लाको यात्रामा बेनाम शैलीमा घुम्ने र खुल्याम नियम कानुनको धज्जी उडाउने गरेको स्थानीयले दाबी गरेका छन ।
यता सोही पालिकाको जिन्सी शाखा प्रमुख प्रदीप पटेल विरुद्ध बहुविध सुविधा ग्रहण गरिरहेको आरोपहरूले पालिकाभित्रै ‘अनियमितताको जालो’ विस्तारित भएको संकेत गरेको छ । जिन्सी शाखा प्रमुख प्रदीप पटेलले आफुलाई ठुलाँ पार्टीको नेता भन्दै पालिकामा धाकधम्कीले ठेक्का हात पार्छन, आफै ठेकेदारी पनि गर्छन र स्वंम जिन्सी प्रमुखको रुपमा पालिकाबाट तलब खान्छन । यस्ता बहुविध सुविधा ग्रहण गरिरहेको आरोपहरूले पालिकाभित्रै ‘अनियमितताको जालो’ विस्तारित रहेको देखिन्छ ।
“यदि सामान्य कर्मचारीले गल्ती ग¥यो भने तुरुन्त पत्र आउँछ । तर उच्च पदस्थ व्यक्तिको अनियमितता उजागर हुँदा किन सब मौन र यहि मौनतालाई शंका गरिन्छ ।
धोबिनी गाउँपालिकामा उठिरहेका निजी सुविधाका लागि सार्वजनिक सम्पत्ति प्रयोग, नियमविपरीत नम्बर प्लेट, बहुविध सुविधा उपभोग—सबैले स्थानीय तहमा सुशासनको अवस्था कति कमजोर छ, भन्ने गम्भीर प्रश्न उठाएका छन । यस बिषयमा अब नियमन निकाय, कार्यपालिका र सतर्कता संस्थाहरूले पारदर्शिता र जवाफदेहितामा कतिको सक्रियता र चासो देखाउछन भने हेर्नबाकी छ ।

प्रतिक्रिया