पर्साको पकहाँमैनपुर गाउँपालिकामा शैक्षिक बजेट व्यवस्थापनमा देखिएको त्रुटिपूर्ण निर्णय बिरुद्ध युवाहरूको सक्रियताले सबैका लागि समान अवसर सुनिश्चित गरेको छ ।
पकहाँमैनपुर गाउँपालिकामा शैक्षिक बजेट व्यवस्थापनमा देखिएको त्रुटिपूर्ण निर्णय कारण कक्षा १० का विद्यार्थीहरू वञ्चित हुने जोखिम बढेपछि स्थानीय युवाहरूले हस्तक्षेप गर्दै “सबैका लागि समान अवसर” सुनिश्चित गरेका हुन ।
पकहॉंमैनपुर गाउँपालिका स्थित रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूको शैक्षिक भ्रमणका लागि गाउँपालिकाले रु। १ लाख ६० हजार रकम मात्र छुट्याएको थियो। तर सो रकमले सम्पूर्ण खर्च नधानेपछि विद्यालयले प्रति विद्यार्थी रु। २,००० उठाउने निर्णय गरेको थियो।
यसले गरीब तथा आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरू भ्रमणबाट पूरै बाहिरिने अवस्था बनाएको थियो, जसले विद्यालय प्रशासन र पालिकाको कार्यशैलीप्रति व्यापक असन्तोष सृजना गरेको थियो।
“हामी विपक्षी युवा समूह, संस्था र कुनै दल जनता विरोधी होइनौं, गलत व्यवस्था विरोधी हौँ” शैक्षिक अवसरमा यस्तो विभेदकारी निर्णयप्रति प्रतिक्रिया जनाउँदै स्थानीय युवाहरूले सन्देश दिएका छन। “विपक्षी दल वा कुनै समुह हुनु भनेको जनतालाई रोकिने होइन, जनतामाथि अन्याय हुने व्यवस्थासँग लड्ने हो। युवाहरूका अनुसार पालिकाले विनियोजित बजेट अपुग छ भन्ने थाहा हुँदाहुँदै पनि विद्यार्थी–हितविपरीत निर्णय गर्नु राजनीतिक उदासिनता र प्रशासनिक कमजोरीको उदाहरण हो।
विद्यालयमा घटना सार्वजनिक भएपछि पकहॉंमैनपुर युवा सञ्जालका अध्यक्ष अकलेश साह र जेनजी युवा समूहका अध्यक्ष भगवान कुर्मीको संयुक्त नेतृत्वमा स्थानीय युवाहरू सक्रिय भएर अगाडि बढेका थिए। तत्काल छलफल, समन्वय र स्रोत खोजी गर्दै आवश्यक अतिरिक्त रकम जुटाइयो र समस्या समाधान समेत भएको छ। पालिकामा युवाहरूको सक्रियताले सबै विद्यार्थीका लागि पूर्ण रूपमा निःशुल्क शैक्षिक भ्रमण सुनिश्चित भएको छ, भने यसले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पनि अवसर गुमाउनु नपर्ने व्यवस्था जुटेको छ।
यता समाधानपछि अभिभावकहरूले यस कदमलाई न्यायपूर्ण, संवेदनशील र विद्यार्थी–हितमैत्री निर्णयको रूपमा स्वागत गरेका छन, भने विद्यार्थीहरूले “हामी सबैलाई बराबरी मौका मिल्यो। अब डर होइन, उत्साह छ,” भन्दै खुसी व्यक्त गरेका छन।
पकहॉंमैनपुर गाउँपालिकामा स्थानीय युवाहरूको निर्णायक भूमिकाले पालिकाको बजेट व्यवस्थापन, प्राथमिकता निर्धारण र प्राविधिक क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।
यस बिषयमा विद्यालयका प्रधानाध्यापक मनोज यादवले समेत दोहोरो चरित्र प्रस्तुत गरेको शिक्षकहरूकै तर्फबाट आरोप लागेको छ। प्रधानाध्यापक यादवले विद्यालय सञ्चालन, कक्षा व्यवस्थापन, शैक्षिक भ्रमण तथा सामाग्री खरीद–वितरण जस्ता विषयमा सूचना लुकाएर मनपरी ढङ्गले निर्णय गर्ने र केही व्यक्तिलाई मात्र प्राथमिकता दिने तथा प्रक्रिया बाहिर गएर हस्तक्षेप गर्ने प्रवृत्तिमा मात्र लिप्त रहेको नाम नछापने शर्तमा एकजना शिक्षकले जानकारी दिएका छन। यस बर्षको शैक्षिक भ्रमण कार्यक्रममा बिधार्थीहरूलाई अनेक कुरा देखाएर प्रधानाध्यापक यादवले पैसा उठाउन बाध्य बनाएको समेत समाचार स्रोतको दाबी छ। यतिमात्र होइन प्रधानाध्यापक यादव विद्यालयको बिभिन्न शिर्षकहरूमा अनियमितता गरेको आरोपले निकै चर्चामा देखिदै आएका छन। कतिपय अनियमितताको प्रमाण समेत सार्वजनिक हुँदा पनि नियमन निकायले कुनै चासो देखाएको छैन। प्रधानाध्यापक यादव विद्यालयमा आफु राजनीतिक पहुँचको भरमा मनपरी ढङ्गले आफ्ना कार्यशैली प्रस्तुत गरिरहेका छन, भने हल्ला छ।
केही दिन पहिला नै प्रधानाध्यापक यादवले विद्यालयमा परिक्षा दस्तुरको नाममा पनि आर्थिक आतंक मचाउदैं गरेको घटनाले निकै चर्चामा आएका थिए। यसमा पालिका प्रमुख सुरेश मेहताले बिधार्थीहरूबाट एक रूपैयाँ पनि नलिने र आवश्यकता अनुसार पैसा पालिकाले दिने प्रतिबद्धता जनाएका छन। पालिकाको प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुखलाई एउटा पक्कैटमा राख्छु र पालिकाको जनप्रतिनिधिलाई अर्को पक्कैटमा राख्छु भने प्रधानाध्यापक यादवको अभिव्यक्ति निकै आलोचनाको पात्र समेत बनेको थियो।
पालिकामा शैक्षिक भ्रमण कार्यक्रमको बिषयमा युवाहरूले प्रस्तुत गरेको यो कदम केवल आर्थिक सहयोग मात्र होइन, गलत व्यवस्थाविरुद्ध उठेको सामूहिक आवाज,समावेशी शिक्षाको सुरक्षा र विपक्षी भूमिका जनतालाई बचाउनका लागि हो भन्ने व्यवहारिक प्रमाण समेत दिएको छ।
सो अवसरमा वडा नम्बर ३ का वडाअध्यक्ष संजय प्रसाद चौहान, शिक्षक बिन्दुभुषण साह र युवा समाजसेवी राजन साहले सहजीकरण गर्दै समस्या समाधानका लागि प्रभावकारी भुमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया