नेपालको राजनीतिमा पार्टी परिवर्तनको नामले छुट्टै पहिचान बनाउन सफल भएका नेता प्रह्लाद गिरीले नेकपा एमाले परित्याग गर्दै तिव्र आलोचना गरेका छन ।
सोमबार काठमाडौंको पेरिस डाँडा स्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा संचारकर्मीसंग कुरा गर्दै नेता प्रह्लाद गिरीले नेकपा एमालेको राजनीतिक चरित्र, संगठनात्मक संरचना र नेतृत्व शैलीमाथि कडा टिप्पणी गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गिरीले नेकपा एमालेको लोकप्रियता “नाममा मात्र सीमित” रहेको दाबी गरे। उनले एमालेभित्र स्वतन्त्रता नरहेको र पार्टी ‘दास प्रवृत्तिमा आधारित संगठन’को रूपमा रूपान्तरित भएको आरोप लगाएका छन । उनले भने “एमालेभित्र सदस्यहरूको हैसियत दासजस्तै बनाइएको छ। पार्टीमा स्वतन्त्र विचार, आलोचना र बहसको कुनै स्थान छैन,भने बताए । उनका अनुसार एमाले अवसरवादी प्रवृत्तिले भरिएको पार्टी बनेको छ, जहाँ राजनीतिक विचारभन्दा पनि व्यक्तिगत स्वार्थ र पद सुरक्षित गर्ने प्रवृत्ति हाबी छ।
नयाँ सदस्यता तथा नवीकरणमा विवाद
गिरीले एमालेमा नयाँ सदस्यता वितरण तथा नवीकरण प्रक्रियासमेत विवादास्पद रहेको आरोप लगाए। उनका अनुसार पार्टी सञ्चालन ठेक्कादारी शैलीमा भइरहेको छ। “नयाँ सदस्यता र नवीकरणको नाममा ठेक्कादारी प्रथाले पार्टी चलाइएको छ,” उनले आरोप लगाएका हुन।
नेता गिरीले एमाले पार्टीभित्र व्यापारी र पुँजीपतिहरूको प्रभाव अत्यधिक बढेको दाबी गर्दै यसले एमालेको घोषित कम्युनिस्ट विचारधारामाथि गम्भीर प्रश्न उठाएको बताए।
‘जयजयकार’को राजनीति
एमाले नेतृत्वप्रति संकेत गर्दै गिरीले पार्टीभित्र नेताहरूले आफ्ना टिकट र राजनीतिक भविष्य सुरक्षित गर्न अध्यक्ष केपी शर्मा ओलीको जयजयकार गर्न बाध्य भएको टिप्पणी गरेका छन। उनले भने “एमालेमा अगाडि बढ्न चाहनेहरूले दास प्रथा अपनाउनुपर्छ,” भन्दै उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त भइसकेको आरोप लगाए।
‘कम्युनिस्ट सिद्धान्त एमालेभित्र छैन’
गिरीले नेकपा एमाले कम्युनिस्ट पार्टी नै नभएको दाबी गर्दै भने, “कम्युनिस्ट सिद्धान्त एमालेभित्र अब छैन। पुँजीपती, व्यापारी र सीमित समूहको हालीमुहाली छ।” उनका अनुसार पार्टीले श्रमिक, किसान र उत्पीडित वर्गको प्रतिनिधित्व गर्न छाडिसकेको छ।
हाल नेपालमा वाम राजनीति विभाजन र पुनर्संरचनाको चरणमा रहेको सन्दर्भमा गिरीको अभिव्यक्ति आएको हो। पछिल्ला वर्षहरूमा नेकपा एमालेबाट असन्तुष्ट नेताहरूले पार्टीको आन्तरिक लोकतन्त्र, विचारधारात्मक विचलन र नेतृत्व केन्द्रीकरणको आलोचना गर्दै आएका छन।
यद्यपि, नेकपा एमालेका तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन । एमाले नेताहरूले विगतमा यस्ता आरोपहरूलाई राजनीतिक असन्तुष्टि र प्रतिशोधको परिणाम रहेको बताएका छन।
यता नेता गिरीको राजनीतिक पृष्ठभूमि हेर्दा उनी हालसम्म १४औं पटक पार्टी परिवर्तन गरि नेकपामा प्रवेश गरेका छन, भने उनको निरन्तर पार्टी परिवर्तनले दलबदलु नेताको नामले छुट्टै पहिचान बनाउन सफल भएका हुन। नेकपा एमाले माथिको कटाक्षले उनी गफगाफमा मात्र सिमित रहेको बुझिएको छ। नेता गिरी १४औं पटक पार्टी परिवर्तन गरे, नेपाली कम्युनिष्टको सिद्धान्तको कुरा गर्छन तर आफु स्वयंम कम्युनिष्ट बिचारधारा र सिद्धान्त बिपरित कार्य गर्दै आएको देखिन्छ।
गिरीको राजनीतिक जीवन कम्युनिस्ट आन्दोलनबाट सुरु भएको हो उनी २०५१ साल देखि सक्रिय राजनीतिमा आएका हुन। नेता गिरीको छबि अवसरवादी र स्वार्थी भावनामा मात्र सिमित रहेको जानकारहरू बताउछन। उनी ब्यक्तिगत स्वार्थ पुर्तिका लागि मात्र पार्टी परिवर्तनको अभियानमा लागेको देखिएको छ। पार्टी परिवर्तनको अभियानले उनको राजनीतिक आचरण प्रष्ट पारेको छ, भने सिधा भन्दा घुमुवा प्रहरीकै रूपमा उनी स्थापित हुनथालेको देखिएको हो।
नेता गिरी एमाले फर्किएको ठ्याकै एक वर्ष पछि उनले फेरी पार्टी परिवर्तन गरेका छन। यस पटक उनले आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिन नेपाली कम्युनिस्ट पार्टीलाई रोजेका छन।

प्रतिक्रिया