विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

ओली राष्ट्र र पार्टीका लागि दृढ र सक्षम नेतृत्वकर्ता हुन,देशमा अराजक तत्वहरू सक्रिय,चुनौतीपूर्ण अवस्थामा मिलेर सामना गरौं:महमद निजाम

580


पर्सा-
नेकपा एमालेलाई देशको पहिलो, सबल र निर्णायक शक्ति बनाउन आजको मुख्य आवश्यकता आपसी सहमति, सुदृढ एकता र साझा राजनीतिक दृष्टिकोण रहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य महमद निजामुदिन (निजाम) ले बताएका छन। ।

युवा नेता निजामले नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पार्टीलाई देशको पहिलो, सबल र निर्णायक शक्ति बनाउन आजको मुख्य आवश्यकता आपसी सहमति, सुदृढ एकता र साझा राजनीतिक दृष्टिकोण रहेको बताएका हुन। उनले भने पार्टीका ऐतिहासिक नेतृत्वकर्ता तथा राष्ट्रिय गौरवका धरोहर केपी शर्मा ओलीलाई ११औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन गर्नु समय–सापेक्ष मात्र होइन, राष्ट्रहितमै सराहनीय कदम हुने बताए ।

समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा बोकेर देशलाई स्थिरता, विकास र राष्ट्रिय पहिचानको बाटोमा अघि बढाउने व्यक्तित्वका रूपमा केपी शर्मा ओली आज पनि राष्ट्र र पार्टीका लागि सबैभन्दा दृढ, भरोसायोग्य र सक्षम विकल्प रहेको टिप्पणी गरेका हुन। उनले भिस्म परिस्थितिको यो संवेदनशील क्षणले हामी सबैलाई एक ठाउँमा उभिन आह्वान गरिरहेको छ। देशभित्र बाहिरी शक्तिहरूको चलखेल बढिरहेको छ, राष्ट्रिय हितविरुद्ध केही अराजक तत्वहरू सक्रिय भइरहेका छन, राष्ट्रवाद र प्रगतिशील राजनीति कमजोर पार्ने प्रयास भइरहेको अवस्थामा, नेकपा एमालेलाई बलियो संगठनात्मक संरचना र अटूट एकताको आवश्यकता रहेको धारणा राखेका छन। 

यस्तै चुनौतीपूर्ण अवस्थामा मिलेर लड्नु, एकताबद्ध रहनु र पार्टीलाई सर्वोच्च प्राथमिकतामा राख्नु हाम्रो साझा जिम्मेवारी समेत रहेको उनको दाबी छ। 

राष्ट्रिय युवा संघ नेपालका खेलकुद विभाग प्रमुख समेत रहेका महमद निजामुदिन (निजाम) नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको रूपमा पर्सा जिल्लाबाट सर्वसम्मत चयन भएका छन। 

बिगतको १३ बर्ष देखि राजनीतिकमा सक्रिय रहेका युवा नेता महमद निजाम पर्सा क्षेत्र नम्बर-१ बाट सर्वसम्मत रूपमा अघि बढ्दै यसपटक महाधिवेशन प्रतिनिधि बन्न सफल भएका हुन। 

नेकपा एमालेको मधेस प्रदेश कमिटी सदस्यको महत्वपूर्ण जिम्मेवारीसमेत सम्हालिरहेका निजाम गत केही वर्षयता एमालेको युवा पंक्तिमा नीति–विचार, संगठन विस्तार र जनसम्पर्क अभियानमा अत्यन्त सक्रिय, निस्वार्थ र संगठनप्रति समर्पित युवा नेताका रूपमा उभिएका छन। 

राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला अध्यक्षको दुई कार्यकाल नेतृत्व गरिसकेका उनी पर्साको युवा नेतृत्वको भविष्य मानिन्छन। ४० वर्षभन्दा कम उमेरका नयाँ पुस्ताका प्रतिनिधि उनी पर्सामा संगठन विस्तार, युवालाई निर्णायक भूमिकामा ल्याउने अभियान र खेलकुद विकासमा पहिचान बनाउँदै आएका छन। उनको नाम केवल युवा संगठनमै सीमित छैनस खेलकुद, सामाजिक उत्तरदायित्व, युवा परिचालन, संगठन विस्तार र नेपाली युवाको राजनीतिक सशक्तीकरण—सबै क्षेत्रमा उल्लेखनीय भूमिका रहेको कारण उनी नेकपा एमाले पोलिटब्युरो सदस्य तथा युवाहरूको काण्डर महेश बस्नेतको एकदमै नजिकको पात्रको रुपमा चिनिन्छन। 

युवा नेता निजामलाई पर्साको आगामी पुस्ताको नेतृत्वको रूपमा एमालेका नेता, कार्यकर्ता तथा आम जनसमुदायले उच्च आशाका साथ हेर्दै आएका छन। 

चारवटै निर्वाचन क्षेत्र रहेको पर्सा जिल्लामा लामो छलफल, परामर्श र सुझाव–संवादपछि खुला तथा आरक्षित कोटा गरी कुल ३६ जना प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरिएको छ। 

प्रतिस्पर्धाभन्दा सहमति, व्यक्तिभन्दा संगठन, पदभन्दा जिम्मेवारीलाई उच्च स्थानमा राख्दै गरिएको यो चयन प्रक्रिया एमालेको अनुशासन, उत्तरदायित्व र सामूहिकताप्रतिको प्रतिबद्धताको उदाहरण रहेको भन्दै युवा नेता निजामले यस सराहनीय कार्य प्रति सबै पार्टी पंक्तीलाई अभार प्रकट गरेका छन ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,516,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,604,विचार,32,विज्ञान प्रविधि,26,विश्व,82,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: ओली राष्ट्र र पार्टीका लागि दृढ र सक्षम नेतृत्वकर्ता हुन,देशमा अराजक तत्वहरू सक्रिय,चुनौतीपूर्ण अवस्थामा मिलेर सामना गरौं:महमद निजाम
ओली राष्ट्र र पार्टीका लागि दृढ र सक्षम नेतृत्वकर्ता हुन,देशमा अराजक तत्वहरू सक्रिय,चुनौतीपूर्ण अवस्थामा मिलेर सामना गरौं:महमद निजाम
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjv0hfunlfBdDxNa95I-wfuaKEDI9wDkjeX8KtE9tJZjzuge-0ADU7m1lKbbpLw0TFXyRvqhQ1uFSHzoAwjZsS7Vr6c1lz38kn_nAwHnvUCZeDLsT8WueDsm6PpWt9U8Ht60koTZCJJz2ERB0WECMJEk44w7v1grPjhoNjedCW1qXTe1fGL-hGNQbHsHLac/s320/1000065117.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjv0hfunlfBdDxNa95I-wfuaKEDI9wDkjeX8KtE9tJZjzuge-0ADU7m1lKbbpLw0TFXyRvqhQ1uFSHzoAwjZsS7Vr6c1lz38kn_nAwHnvUCZeDLsT8WueDsm6PpWt9U8Ht60koTZCJJz2ERB0WECMJEk44w7v1grPjhoNjedCW1qXTe1fGL-hGNQbHsHLac/s72-c/1000065117.png
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_4.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_4.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content