Menu

आजको मौसम

पर्सामा हिन्दु पत्रकारहरूको शक्तिशाली एकता,राजन रौनियारको नेतृत्वमा हिन्दु पत्रकार संघ नेपाल घोषणा

Author
ईक्रान्तिखबर डेस्क |
December 22, 2025
Featured


पर्सा जिल्लामा क्रियाशील हिन्दु पत्रकारहरूको भेलाबाट हिन्दु पत्रकार संघ नेपाल, पर्सा जिल्ला कार्यसमिति गठन गरिएको छ। आईतवार वीरगञ्जमा सम्पन्न विशेष भेलाले राजन रौनियारको अध्यक्षतामा सर्वसम्मत रूपमा १६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।

स्थानीय स्तरमा संगठित पत्रकारिता, पत्रकारहरूको हकहित संरक्षण, पेशागत क्षमता अभिवृद्धि तथा पत्रकारितामा मूल्य–मान्यता र मर्यादाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ संघको जिल्ला समिति गठन गरिएको आयोजकले जनाएका छन्।

नवगठित समितिको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता चयन भएका छन् भने सचिवमा राजकुमार सर्राफ र कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्णवाल, राकेश साह, राजु बैठा, रश्मिराज भण्डारी, अजय चौरसिया तथा त्रिलोकी पटेल रहेका छन्।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै महासंघका पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा तथा पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनालको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथिहरूले पत्रकारिताको बदलिँदो परिवेश, चुनौती र अवसरबारे चर्चा गर्दै पत्रकारहरू संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले पत्रकारहरूको पेशागत सुरक्षा, श्रम अधिकार, अभिव्यक्ति स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको संरक्षणमा यस्ता संगठनहरूको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

नव निर्वाचित अध्यक्ष राजन रौनियारले पर्सा जिल्लामा क्रियाशील पत्रकारहरूको हकहितका लागि संघलाई सक्रिय र प्रभावकारी बनाइने बताए। उनले पत्रकारहरूलाई एकताबद्ध गर्दै तालिम, अन्तरक्रिया, क्षमता विकास कार्यक्रम र संस्थागत गतिविधिहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार संघले सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितालाई प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा योगदान पुर्‍याउनेछ। साथै पत्रकारहरूमाथि हुने दबाब, धम्की र अन्यायविरुद्ध संघ दृढतापूर्वक उभिने उनले बताए।

कार्यक्रम सहभागी पत्रकारहरूले हिन्दु पत्रकार संघ नेपालको जिल्ला समिति गठनले पर्सामा पत्रकारिताको क्षेत्रलाई थप सशक्त र संगठित बनाउने विश्वास व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3