विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

एमालेको तानाशाही प्रवृत्तिका कारण पार्टी परित्याग,पर्सामा नेकपाको शक्ति विस्तार,राजनीतिक समीकरण बदलिने संकेत

580


नेकपा एमालेलाई परित्याग गरी पर्सा जिल्लाका विभिन्न नेता कार्यकर्ताहरूले आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन।

सोमबार काठमाडौँको पेरिस डाँडा स्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपाका संयोजक (प्रचण्ड) र सह-संयोजक माधव नेपालले पर्साका विभिन्न नेताहरूलाई खादा र टीका लगाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका छन । 

पार्टी प्रवेश गर्ने प्रमुख नेताहरूमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा पूर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरी, पर्सा जिल्ला कमिटी सदस्य तथा सांसद प्रतिनिधि हनिफ अंसारी, बिन्दबासिनी गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख श्रीलाल मोदी, पूर्व वडा अध्यक्ष संजय प्रसाद चौहान, एमालेकै विन्दवासिनी गाउँपालिका कमिटी उपाध्यक्ष मुकेश चौरसिया , एमाले जिल्ला सदस्य गजारी साह तेली, नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य तथा पोखरीया नगरपालिको उपमेयरकी पूर्व उम्मेदवार विना देवी बैठा, जनता समाजवादी पार्टीको गाउँपालिका कमिटीका अध्यक्ष रमेश कुमार साह लगायत पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सयौं नेता–कार्यकर्ताहरू नेकपा प्रवेश गरेका छन। 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रत्यासी समेत रहेका नेता अंसारीले नेकपा एमालेको तानाशाही र अलोकतान्त्रिक शासन प्रवृत्तिबाट आजित भई आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको प्रष्ट पारे छन। उनले एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको, कार्यकर्ताको आवाज दबाइने र सीमित व्यक्तिको निर्णय पार्टीमाथि थोपर्ने प्रवृत्ति हाबी भएपछि वैकल्पिक राजनीतिक मार्ग रोज्नै आफुहरू बाध्य भएको जानकारी दिएका हुन। उनले “जनताको हक–अधिकार, समावेशिता र समानताको मूल्य बोकेको नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले मात्रै देश र कार्यकर्ताको भविष्य सुनिश्चित गर्न सक्छ भने दावी गरेका छन। उनले पर्सा जिल्लामा नेकपाको संगठन विस्तार र जनआधार मजबुत बनाउन आफूहरू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा प्रवेश गर्ने नेता–कार्यकर्ताहरूलाई स्वागत गर्दै जनताको पक्षमा उभिने राजनीतिक शक्तिलाई अझ बलियो बनाउने अभियानमा सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे। उनले नयाँ प्रवेशकर्ताहरूको अनुभव र लोकप्रियताले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर पराजित समेत भएका गिरी नेकपा प्रवेश गरेसँगै उनले आफ्नो जीवनमा १४औँ पटक पार्टी परिवर्तन गरेका छन।

यस पार्टी प्रवेश कार्यक्रमलाई पर्सा जिल्लाको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,519,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,605,विचार,32,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,566,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,150,
ltr
item
ekrantikhabar: एमालेको तानाशाही प्रवृत्तिका कारण पार्टी परित्याग,पर्सामा नेकपाको शक्ति विस्तार,राजनीतिक समीकरण बदलिने संकेत
एमालेको तानाशाही प्रवृत्तिका कारण पार्टी परित्याग,पर्सामा नेकपाको शक्ति विस्तार,राजनीतिक समीकरण बदलिने संकेत
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhgOwmaIZuLefOXIP5kL_yETfBnGmvxMMgiYidcQo8Lv5pUyK9g61th98rZozAZaC98XFsCDBnoY8DwKi_ceaYTv77d2XjYAyPXGhLAnMARssc_F2UyG867Jo-dsK3WOWTSiGcF6Uqu9xdzQyCVTNnLcKrNzE5CowKLP0BdtAo1ZzeQnc8-NNzvNmSD5dYw/s320/1000069752.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhgOwmaIZuLefOXIP5kL_yETfBnGmvxMMgiYidcQo8Lv5pUyK9g61th98rZozAZaC98XFsCDBnoY8DwKi_ceaYTv77d2XjYAyPXGhLAnMARssc_F2UyG867Jo-dsK3WOWTSiGcF6Uqu9xdzQyCVTNnLcKrNzE5CowKLP0BdtAo1ZzeQnc8-NNzvNmSD5dYw/s72-c/1000069752.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_28.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_28.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content