विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

शिक्षक पेसालाई बदनाम गर्दै मनोज यादव लुटतन्त्रमा ब्यस्त, देवनाथ साहले सरुवा गर्न मान्दैन, बिद्यार्थीहरु ठगीको सिकार

580


पर्साको पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर ३ मा रहेको श्रीराम चरित्र भगत उच्च माध्यमिक बिद्यालयमा ब्यवस्थापन समिति नहुदाँ चरम अव्यवस्था तथा आर्थिक अपचलनको घटना सुरुभएको समाचार प्राप्त भएको छ । बिद्यालय बिगतको लामो समय देखी ब्यवस्थापन समिति बिहिन बनेपछि बिभिन्न शिर्षकहरुमा बिद्यालयका प्रधानाध्यापक मनोज यादवले आर्थिक अपचलन गरिरहेको समाचार प्राप्त भएको हो । 

बिद्यालयका प्रधानाध्यापक मनोज यादवले नियमविपरीत परीक्षा शुल्कका नाममा कक्षा १०मा अध्यनरत विद्यार्थीबाट मनोमानी असुली गरेको प्रमाण समेत फेला परेको छ । प्रधानाध्यापक यादवले नियम विपरित बिद्यार्थीहरुबाट परिक्षा शुल्कको नाममा ८ सयको दरले असुली कार्य सुरु गरेको प्रमाण नै भेटिएको छ । उनी शिक्षा बिकास ईकाई तथा समन्वय समिति र शिक्षा मन्त्रालयको मापडण्डलाई खुल्याम लत्याउदैं आर्थिक अपचलनमा लागेको देखिएको छ । 

बिद्यालयका प्रधानाध्यापक यादव माथी पछिल्ला दिनहरुमा पनि कार्यालय सञ्चालनमा लुटतन्त्र जस्तै अभ्यास बढाएको तथा विभिन्न शीर्षकका योजनामा लाखौँ रुपैयाँ अपचलन गर्दै आएको आरोप लागेको छ । 

बिद्यालय विगतको लामो समय देखि नै व्यवस्थापन समिति बिहिन रहेपछि, अनुगमन, निगरानी र जवाफदेहिताको अभाव बढेको स्थानीयले गुनासो गरेका छन । बिद्यालयमा ब्यवस्थापन समितिनै नभएकाले वित्तीय गतिविधिदेखि शिक्षक व्यवस्थापन तथा बिभिन्न शिर्षकहरुसम्म सबै काम प्रधानाध्यापकको एकल निर्णयमा निर्भर भएको देखिएको छ । 

प्रधानाध्यापक यादवले ब्यवस्थापन समिति नहुदाँ यसलाई अवसरको रुपमा लिएर बिद्यालयलाई आफ्ना कमाईको स्रोत बनाएर आर्थिक अपचलन गरिरहेको स्थानियको आरोप छ ।  

प्रधानाध्यापक यादवले १०+२को कक्षा नलिकन शिक्षकहरुलाई परिश्रमिक दिएको, सिभिल ईन्जिनियरको कक्षा सञ्चालनमा ८ लाख, लाईब्रेरीको स्थापना तथा ब्यवस्थापनमा समेत १० लाख रकम हिनामिना प्रधानाध्यापक यादवले गरेको नामनछापने शर्तमा सोही बिद्यालयका एक जना शिक्षकले जानकारी दिएका छन । यति मात्र होईन्न, बिद्यालयको धानबालीको रकम हिनामिना गरेको र पुरानो बिद्यालयको भवनको काठ अल्पत्र पारेर आर्थिक अपचलन गरेको साथै बैशाखमा जडान गरिएको सिसि टिभि क्यामरा अहिले कामै नलाग्ने अवस्थामा रहेको र यस्ता बिभिन्न शिर्षकहरुमा वित्तीय विवरण सार्वजनिक र नियमित पारदर्शीता नभएको हुनाले प्रधानाध्यापक यादव लाखौं रकम अपचलन गर्दै आएको पुष्टि भएको छ ।  

विद्यालयले निर्देशनविपरीत परीक्षा शुल्क, कार्यक्रम शुल्क र अन्य अनिवार्य नहुने शुल्क असुल्दै आएको छ । “सरकारी विद्यालयमा यस्तो मनोमानी शुल्क किन ? भनेर सोध्दा उल्टै धम्की र दबाबमा पारिन्छ,” एक बिद्यार्थीले नाम नखुलाउने शर्तमा बताए ।

प्रधानाध्यापक यादवको गैरजिम्मेवारीपनका कारण पालिकाको जनप्रतिनिधिले उनलाई कारवाही गर्न र सरुवाको लागी पटक पटक एक्सन लिन खोज्दा पनि पालिकाको प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले ढाल बनेर उनको संरक्षण गर्दै आएको नाम नखुलाउने शर्तमा एक जना कर्मचारीले बताएका छन । 

२०८२ साल जेष्ठ २५ गते पालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा बसेको बठैकले प्रधानाध्यापक यादवलाई श्रीराम चरित्र भगत उच्च माध्यमिक बिद्यालयबाट संसारीमाई माध्यमिक बिद्यालयमा सरुवा गर्ने निर्णय समेत गरेको हुदाँ पनि प्रमुख प्रशासकिय अधिकृत साहले सरुवा गर्न नमानेको र  जे गरेपनि आफु प्रधानाध्यापक यादवको सरुवा नगर्ने अडान लिएको एकजना वडा अध्यक्षले बताएका छन । 

श्रीराम चरित्र भगत उच्च माध्यमिक बिद्यालयमा सहायक प्रधानाध्यापक र पछि प्रधानाध्यापकको जिम्मेवारी पाएका यादवले लामो समय देखि पकहाँमैनपुर गाउँपालिमा कार्यरत भएको हुनाले आफु कर्मचारीहरुसंग सेटिङ्ग गर्ने र राजनितिक दवावमा जनप्रतिनिधिहरुलाई समेत प्रभावमा पार्ने नटवरलालको रुपमा प्रस्तुत हुदैंआएको जानकारहरु बताउछन ।

प्रमुख प्रशासकिय अधिकृत साह जनप्रतिनिधिको बिपक्षमा कार्यशैली तथा कामकाज गर्नु र प्रधानाध्यापकको पक्षमा एकलौटी कार्यसम्पादन गर्नु भनेको दुवै बिच ठुलो नै आर्थिक सेटिङ्ग रहेको बुझ्न सकिन्छ । 

यता शिक्षकहरू पनि पढाईभन्दा बाहिरका गतिविधिमा समय खर्च गर्ने, मनोमानी ढङ्गले हाजिरी गर्ने र कक्षा शिक्षणमा लापरबाही गर्ने गरेको बिद्यार्थीहरु गुनासो गरेका छन । विद्यालयको लाईब्रेरीदेखि तालिम, शैक्षिक सामग्री, भवन मर्मत र अन्य योजनामा आएको बजेट पारदर्शी रूपमा प्रयोग नहुने आरोप पनि जोडिएको छ ।

स्थानीयवासी तथा पालिकाको युवा सञ्जाल र जेनजी युवा समुहले तत्काल छानबिन समिति गठन गरी प्रधानाध्यापकको वित्तीय विवरण सार्वजनिक गर्न, अनियमितता पुष्टि भए कठोर कारबाही गर्न, साथै तत्काल विद्यालय व्यवस्थापन समिति गठन गरी विद्यालयलाई नियमित र पारदर्शी बनाउने माग गरेका छन । 

पालिकामा प्रधानाध्यापक मनोज यादवले आफु स्वक्ष रहेको दावी गर्छन, भने पकहाँमैनपुर गाउँपालिको प्रमुख प्रशासकिय अधिकृत देवनाथसंग यस बिषयमा बुझेन खोज्दा फोन नै उठेन । 

गाउँपालिकाको शिक्षा शाखा प्रमुख संजय चौहानले ८ सय लिन पाईदैंन पालिका र बिद्यालयबाट निर्णय गरेर नै ५ सय शुल्क निर्धारित गरेका छौं र सो भन्दा थप उठाईएको शुल्क फिर्ता गरिने प्रतिकृया दिए । 

यसैगरी शिक्षा शाखा ईकाई पर्साका प्रमुख मोति प्रसाद भट्टराईले यो नियम विपरित हो र यसरी गर्न पाईदैन र कसैले गर्याे भने कारवाही हुने प्रतिकृया दिए । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,504,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,590,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,542,स्थानीय समाचार,301,स्वास्थ्य,44,हाइलाइट,145,
ltr
item
ekrantikhabar: शिक्षक पेसालाई बदनाम गर्दै मनोज यादव लुटतन्त्रमा ब्यस्त, देवनाथ साहले सरुवा गर्न मान्दैन, बिद्यार्थीहरु ठगीको सिकार
शिक्षक पेसालाई बदनाम गर्दै मनोज यादव लुटतन्त्रमा ब्यस्त, देवनाथ साहले सरुवा गर्न मान्दैन, बिद्यार्थीहरु ठगीको सिकार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjFzGNvJQKcoYlYwGFRdBoWj9-YZKovZ3luac0gJO7VzQ0DJzXKD1Dwoa6vgB9mh0R2ddL0RfYRnF2MMb6o5s_Zf2HwxDzz4rcHyB9tSrrmSVWZgGmO9hE4uMoSQ2R4RLJ7XFIhgcYxtvEgizOhIzMwFtUQcrBqpuk7N4e-x2HNCGllYKa6YokgdQiOpzrq/s320/ebfe8f7c-8e69-46ac-af0b-aba9a3e8408f.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjFzGNvJQKcoYlYwGFRdBoWj9-YZKovZ3luac0gJO7VzQ0DJzXKD1Dwoa6vgB9mh0R2ddL0RfYRnF2MMb6o5s_Zf2HwxDzz4rcHyB9tSrrmSVWZgGmO9hE4uMoSQ2R4RLJ7XFIhgcYxtvEgizOhIzMwFtUQcrBqpuk7N4e-x2HNCGllYKa6YokgdQiOpzrq/s72-c/ebfe8f7c-8e69-46ac-af0b-aba9a3e8408f.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/11/blog-post_97.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/11/blog-post_97.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content