आईसीसी विश्वकप लिग- २ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ। दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर नेपालले पहिलो इनिङ्समा ब्याटिङ गर्ने भएको हो।
आजको खेलमा टिममा एक परिवर्तन गरिएको छ। गुल्सन झाको स्थानमा कुशल मल्लले टिममा स्थान बनाएका हुन्।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, सन्दीप लामिछाने, कुशल मल्ल, करण केसी, नन्दन यादव र ललित राजवंशी

प्रतिक्रिया