पर्साको पकहॉंमैनपुर गाउँपालिकामा युवा सञ्जालको बैठक आज सम्पन्न भएको छ।
पकहॉंमैनपुर गाउँपालिकाको युवा सञ्जालका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षतामा सम्पन्न बैठकले पालिका स्तरिय क्रियाशील जेनजी युवा समूह गठन गरेको हो।
क्रियाशील जेनजी युवा समुह भगवान कुर्मीको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरिएको छ।
क्रियाशील जेनजी युवा समुहमा भगवान कुर्मीलाई अध्यक्ष रहने गरी सदस्यमा नितेश यादव, अकाश पटेल, चंदन पटेल, संदिप चौहान, बलिस्टर कुशवाहा, उतम कुमार, अकाश पासवान, आशिष साह, मुकेश मुखिया, अरबिन्द सहनी, सतेन्द्र साह, सिकेन्द्र सहनी, राम विश्वास सहनी, अकाश पटेल, बिश्णु पटेल लगायतका २१ सदस्यीय कमिटी सर्व सहमतले चयन गरिएको छ ।
नयाँ नेतृत्व चयनसँगै गाउँपालिकाभित्र बढ्दो भ्रष्टाचार, अनियमितता, पक्षपात र गैरजिम्मेवार जनप्रतिनिधि प्रवृत्तिको विरोधमा सशक्त अभियान सुरु गर्ने निर्णय पनि भएको छ।
जेनजी युवा समुहका अध्यक्ष भगवान कुर्मीले “अब मौन रहने समय सकिएको छ। गाउँमा जनताको करले उठेको पैसा पारदर्शी रूपमा खर्च हुनुपर्छ। विकासका नाममा भइरहेको अनियमितता र हिनामिना अब सह्य हुने छैन। ”कुर्मीले जेनजी युवा समूहले सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न युवाहरूको नेतृत्वमा जनचेतना र निगरानी अभियान सञ्चालन गर्ने बताएका छन। उनले जनतासँग सरोकार राख्ने हरेक बिषयमा आवाज उठाउन आफु तत्पर रहेको भन्दै पालिकालाई भ्रष्टचार मुक्त बनाउन आफू २४घण्टा खटिरहने प्रतिबद्धता समेत जनाएका छन ।
बैठकले आगामी सोमबार पकहॉंमैनपुर गाउँपालिकामा खबरदारी कार्यक्रम आयोजना गर्ने र गाउँपालिकाका प्रमुख तथा सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ। ज्ञापनपत्रमार्फत पालिकामा भएका योजनाहरूको विवरण सार्वजनिक गर्न, खर्चको पारदर्शिता कायम गर्न र जनप्रतिनिधिहरूले जवाफदेही बन्नुपर्ने माग समेत गरिनेछ। साथै खबरदारी कार्यक्रममा स्थानीय बुद्धिजीवी, युवा तथा आम नागरिकलाई सहभागिता जनाउन आह्वान समेत गरिएको छ।
सो अवसरमा वक्ताहरूले पछिल्लो समय गाउँपालिकामा विकास योजनाको असमान वितरण, मनोमानी खर्च र अनियमित निर्णयका कारण स्थानीयहरू असन्तुष्ट रहेको बताएका थिए । पालिकामा देखिएका यस्ता प्रवृत्तिहरूविरुद्ध युवाहरू अब संगठित रूपमा उत्रिने आवश्यक रहेको धारणा राखेका थिए। वक्ताहरूले भने “हामी कुनै दलका लागि होइन, हाम्रो उद्देश्य जनताको हकका लागि आवाज उठाउने हो। हाम्रो अभियानले भ्रष्टाचारमा संलग्न जो कोही भए पनि उजागर गरिने बताएका छन।
यता स्थानीय बासिन्दाहरूले जेनजी युवा समूहको कदमको स्वागत गरेका छन्। उनीहरूले युवाहरूको यो एकता गाउँमा सुशासन र विकासको नयाँ दिशातर्फ प्रेरक बन्ने विश्वास समेत व्यक्त गरेका छन।
बैठकमा राजेश सहनी, प्रमोद राज पटेल, मोटर बरनवाल, रामवावु चौरसिया, रामशेवक पडित लगायत स्थानीय बुद्धिजीवी, बिभिन्न राजनीतिक दलका नेता, युवा सञ्जालका पदाधिकारी, सदस्य तथा जेनजी युवाहरूको सहभागीता रहेको थियो।

प्रतिक्रिया