$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

केपी ओलीको भाषण हटाउन प्रेस काउन्सिलले काट्यो पत्र, प्रेस स्वतन्त्रता खोसिएको भन्दै प्रेस चौतारीको आपत्ति

580


काठमाडौं-
नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भाषण प्रसारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले मेरो न्युज डट कम लगायतका अनलाइनलाई  २४ घण्टे पत्र काटेको छ ।

काउन्सिलले  सिमरा घटनालाई लिएर ओलीले दिएको सो अभिव्यक्तिलाई उत्तेजक भन्दै सो सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गरेको आरोप लगाएर काउन्सिलले २४ घण्टा भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । काउन्सिलका अनुगमन अधिकृत सन्तोष अधिकारीद्वारा जारी निर्देशनमा मेरो न्युज डट कमद्वारा सञ्चालित मेरो न्युज फेसबुक पेज र रिलमार्फत ‘ओली केपी ओली’ शीर्षकमा उत्तेजना फैलाउने खालको सामग्री प्रसारण भएको स्वअनुगमनबाट देखिएको उल्लेख छ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्ने दायित्वको स्मरण गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउने, हिंसा वा वैमनस्यता बढाउने सामग्री पत्रकार आचारसंहिता विपरीत हुने चेतावनी दिएको छ। यस्ता सामग्रीलाई कुनै पनि परिस्थितिमा स्थान नदिन काउन्सिलले निर्देश गरेको छ।

निर्देशनमा उक्त सामग्री पत्रकार आचारसंहिता प्रतिकूल भएकाले २४ घण्टाभित्र स्थगित वा सम्पादन गरी काउन्सिललाई जानकारी गराउन मेरो न्युजलाई निर्देशन दिइएको छ । साथै भविष्यमा आचारसंहिता विपरीत हुने सामग्री प्रकाशितरप्रसारण नगर्न सचेत गराइएको छ।

यसै बिच प्रेस चौतारी नेपालले पूर्वप्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई जस्तोतस्तै प्रसारण गरेकै कारण सञ्चार माध्यममाथि कारबाही गरिएको भन्दै आपत्ति जनाएको छ । चौतारीले सो पत्रलाई प्रेस स्वतन्त्रता माथिको आक्रमण भनेको छ ।

संगठनका अध्यक्ष गणेश पाण्डेले भन्नुभएको छ.‘प्रेस काउन्सिल नेपालले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको भाषण प्रसारण गरेको विषयमा एउटा अनलाइनलाई पत्र काटेको विषयमा प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ, सार्वजनिक रूपमा देशका पूर्वप्रधानमन्त्रीले दिएको मन्तव्य प्रकाशनरप्रसारण गर्नु प्रेसको धर्म र दायित्व हो, हामी प्रेस स्वतन्त्रता विरोधी यस्ता हरकत तत्काल सच्चाउन प्रेस काउन्सिल नेपालसँग आग्रह गर्दछौँ ।’



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,580,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,633,विचार,36,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,659,स्थानीय समाचार,317,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: केपी ओलीको भाषण हटाउन प्रेस काउन्सिलले काट्यो पत्र, प्रेस स्वतन्त्रता खोसिएको भन्दै प्रेस चौतारीको आपत्ति
केपी ओलीको भाषण हटाउन प्रेस काउन्सिलले काट्यो पत्र, प्रेस स्वतन्त्रता खोसिएको भन्दै प्रेस चौतारीको आपत्ति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi41VqDq49U9Ce-Rntgtvp1HJPvUebdh_zOz5SAaacGTNmO1HtKIKn7efP_ZaPRL0KCyD25-korxXCCAnmeSHQ3Sb81EbiIfMfC_NegnmMGSxOz7X5e7yRPuGAiLJ3u-Y85zhXkf8d1bIYNOIZt7mwDSl1Ht9GfHreJLx0PpuUJPzUwTmBE9g84QySwtVSY/s320/CAUNCIL.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi41VqDq49U9Ce-Rntgtvp1HJPvUebdh_zOz5SAaacGTNmO1HtKIKn7efP_ZaPRL0KCyD25-korxXCCAnmeSHQ3Sb81EbiIfMfC_NegnmMGSxOz7X5e7yRPuGAiLJ3u-Y85zhXkf8d1bIYNOIZt7mwDSl1Ht9GfHreJLx0PpuUJPzUwTmBE9g84QySwtVSY/s72-c/CAUNCIL.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/11/blog-post_76.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/11/blog-post_76.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content