नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले राजनीतिमा त्याग गर्न सक्नु पर्ने बताउनुभएको छ ।
राजनीतिमा सधैँ अगाडि बढ्ने मात्र नभई पछि सर्न पनि सक्नु पर्ने उहाँको धारणा छ । राजनीतिमा एक कदम पछि सर्दा अगाडिको लामो बाटो खुल्ने उहाँको धारणा छ । ‘राजनीतिमा एक कदम पछाडि सर्दा दश कदम अगाडिको बाटो खुल्छ”, उहाँको भनाइ छ ।
भक्तपुर क्षेत्र न.२ बाट पार्टी राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्नको लागि एक कदम पछि हटेर त्याग र योगदान गर्ने नेताहरू प्रति उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ । त्यसको लागि पहल गर्नुहुने अग्रज नेता प्रति उहाँले आभार पनि व्यक्त गर्नु भएको छ। साथै सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई थापाले बधाई दिनुभएको छ ।
भक्तपुर(२ बाट महाधिवेशन प्रतिनिधिको लागि आकाङ्क्षी धेरै भए पनि सर्वसम्मतिबाट नै प्रतिनिधि चुनिएका छन् ।

प्रतिक्रिया