विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नेपाली काग्रेंस पर्सामा धमिलो पानीमा माछा मार्ने चौधरीको प्रयासः गगनको पक्षमा खुलेर टिकट हत्याउने दाउ

580


पर्सा-
नेपाली कांग्रेसभित्र आन्तरिक गुटबन्दी बढदै गएपछि पर्साका नेता सुरेन्द्र प्रसाद चौधरीले महामन्त्री गगन थापाको पक्षमा खुलेका छन । नेता चौधरीको समाजिक संजालमा देखिएको अभिब्यक्तिले गगनको पक्षमा खुलेर टिकट हत्याउने रणनिति लिएको देखिएको हो । 

६५ वर्ष उमेर पार गरिसकेका चौधरीले गगन थापा पक्षसँग नजिकिँदै आगामी निर्वाचनमा टिकट सुरक्षित गर्न “धमिलो पानीमा माछा मार्ने प्रयास” गरिरहेको भन्दै कांग्रेसभित्रैबाट प्रश्न उठिरहेको छ ।

चौधरीले हालै पर्सा जिल्लाका पाँच जना महाधिवेशन प्रतिनिधिको दस्तखत संकलन गरी महामन्त्री थापा नेतृत्वको समूहमा खुलेर लागेको र उक्त समूहले “महाधिवेशन छिटो गर्नुपर्छ” भनेर सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला माथि दबाब बढाईरहेका छन, भने नेता चौधरीले सोही अवसरलाई आफ्नो राजनीतिक पुनरागमनको माध्यम समेत बनाउन खोजेको नेपाली कांग्रेस पर्साका एक जना नेताले बताएका छन ।  

पर्सा जिल्लाको चर्चित नेताको रुपमा रहेका सुरेन्द्र चौधरीले पहिलाको क्षेत्र नम्बर ४ र परिवर्तित क्षेत्र नम्बर ३ बाट बिगत लामो समय देखि प्रतिनिधित्व गर्दै आए छन । नेता चौधरीले २०४८ सालमा पहिलो चोटी निर्वाचनमा भाग लिएर सोही क्षेत्रबाट निर्वाचित हुँदै उधोग वाणिज्य तथा आपूर्ति मन्त्री र २०५३ र २०५७ सालमा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका थिए, तर उनले लामो समय सत्तासँग नजिक रहेर पनि आफ्नो निर्वाचन क्षेत्रमा ठोस काम गर्न नसकेको आरोप उनीमाथि बारम्बार लाग्दै आएको छ, भने नेता चौधरीले दशकौं राजनीतिक हैसियत कायम राखे पनि पर्सा क्षेत्र नम्बर ३ मा विकासको हिसाबले पछि परेका छन । यता नेता चौधरीले आफ्नै कामकाज र जनता प्रतिको बिश्वास गुमाउदैं गएका कारण २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा लगातार पराजित समेत भएका थिए । 

नेपाली कांग्रेसको पुर्व जिल्ला सभापति समेत रहेको नेता चौधरीले अहिले नेपाली कांग्रेसका  महामन्त्री गगन थापा पक्षसँगै उभिएर नयाँ पुस्ताको लोकप्रियतालाई आफ्नो पक्षमा उपयोग गर्न खोज्दै गरेको देखिएको छ । नेता चौधरीको समाजिक संजालमा देखिएको अभिब्यक्ति उनमै कायम नभएको र जेनजी आन्दोलनको मर्म विपरित हुने स्पष्ट देखिन्छ । 

नेता चौधरी उनी भोलि गगनबाट टिकट पाउने आशाले अहिले देउवा र शेखरको खुलेर आलोचना गरिरहेका छन, भने कांग्रेसभित्रका केही कार्यकर्ताहरूको भनाई छ । 

पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वका लागि दबाब बढिरहेको बेला चौधरी जस्ता पुराना नेताको सक्रियता जनतासँग जोडिनभन्दा बढी टिकट जोगाउने रणनीति भएको जानकारहरू बताउँछन् । जेनजी आन्दोलनपछि देशभर नयाँ पुस्ताले पुराना नेताहरूमाथि प्रश्न उठाइरहेका बेला कांग्रेस अझै त्यही पुरानो सर्कलमा घुमिरहेको भन्दै स्थानीय मतदाताहरू असन्तुष्ट देखिन्छन ।

पर्सा–३ मा नयाँ पुस्ताका नेता र कार्यकर्ताहरूले चौधरीको सम्माभित उम्मेदवारी र उनको नेतृत्वलाई विरोध गर्न थालेका छन । 

नेपाली कांग्रेसका एक जना युवा नेताले भने “हामीले परिणाम दिन नसक्ने पुरानालाई होइन, अब नयाँ सोच र इमानदार नेतृत्व खोजिरहेका छौं ।” नेता चौधरीको यो गतिविधिलाई धेरैले “धमिलो पानीमा माछा मार्ने प्रयास” भन्दै आलोचना गर्न थालेका छन, भने नेता चौधरीको उद्देश्य निर्वाचन क्षेत्रको विकास होइन, व्यक्तिगत टिकट सुरक्षित गर्नेमात्र देखिने गरेको युवा पुस्ताले प्रष्ट पारेको छ । 

नेता चौधरीले जिल्ला स्तरको कार्यक्रममा सहभागी हुदाँ आफु बिदेशबाट शिक्षा ग्रहण गरेको हुनाले आफुलाई एउटा भिजिनरी नेताको रुपमा रहेको बताउछन तर उनको भिजन र शिक्षानिति ब्यक्तिगत स्वार्थ पुर्ति र भाषणबाजीमा मात्र सिमित रहेको क्षेत्रको अवस्था हेर्दा जोकोहीले पनि बुझ्नसकिन्छ । 

पर्सा जिल्लामा नेता चौधरीको आलोचना झनझन बढदैं गएपछि पार्टीले उनलाई यसपालीको निर्वाचनमा भाग लिन नदिने र क्षेत्र नम्बर ३ मा उम्मेदवार फेरिने चर्चा सुरु हुन थालेपछि पार्टी भित्रको आन्तरीक बिवादलाई अवसरको रुपमा लिएर नेता चौधरीले गगन गुट रोजेको जिल्ला भरी हल्ला भईरहेको छ । 

नेपाली कांग्रेसमा पार्टी सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता शेखर कोईराला लगायत उनका पक्षधरहरु एकातर्फ र पार्टींका दुईटै महामन्त्री लगायत केही नेताहरुले अर्का तर्फ भएर एकले पार्टीको महाधिवेशन गराउने र अर्काले महधिवेशन नगाउने प्रास्ताव राख्दैं दुई गुटको चर्को प्रतिस्पर्धा चलि रहेको अवस्था छ । यता देउवा गुटबाट आफु टिकट पाउने कुनै बाटो नदेखिएपछि नेता चौधरीले महामन्त्री गगन थापा तर्फ सक्रिय भएका छन, भने अहिले देखि नै टिकट लिने उदेश्यले कश्रत समेत गरिरहेको बुझिएको छ । 

२०७४ सालको स्थानिय तह निर्वाचनमा पार्टीका अधिकारिक उम्मेदवार बिरुद्ध बागी उम्मेदवार खडागरी पार्टीको उम्मेदवारलाई हराउन लागेको भन्दैं नेता चौधरी सहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो । नेता चौधरी माथि आफ्नै उम्मेदवारलाई हराउने र पार्टी भित्र गुटउपगुट बनाउने जस्ता आरोप पछिल्लो समयमा लाग्दैं आएको छ । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,504,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,590,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,542,स्थानीय समाचार,301,स्वास्थ्य,44,हाइलाइट,145,
ltr
item
ekrantikhabar: नेपाली काग्रेंस पर्सामा धमिलो पानीमा माछा मार्ने चौधरीको प्रयासः गगनको पक्षमा खुलेर टिकट हत्याउने दाउ
नेपाली काग्रेंस पर्सामा धमिलो पानीमा माछा मार्ने चौधरीको प्रयासः गगनको पक्षमा खुलेर टिकट हत्याउने दाउ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgY1OY4St5VIYxGIQ4VzppBuou1xDKXq-MQpQI-VM_TntVAKPvnVAwimeKfM4o5HTMeWKTfRQZ54mywu4zt8JFgRLmOv06E0Re5hZkrI6XaDM_pAzAgrUxQliCgkII_E5H5SrlLi0XM_twySmiE8CRR8iVPdXPjqiX_EvBmqxl-EsbDm6mCXxIXBioqV57Z/s320/2cf1fee8-2bba-4c09-bfea-a793494d5da6.jfif
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgY1OY4St5VIYxGIQ4VzppBuou1xDKXq-MQpQI-VM_TntVAKPvnVAwimeKfM4o5HTMeWKTfRQZ54mywu4zt8JFgRLmOv06E0Re5hZkrI6XaDM_pAzAgrUxQliCgkII_E5H5SrlLi0XM_twySmiE8CRR8iVPdXPjqiX_EvBmqxl-EsbDm6mCXxIXBioqV57Z/s72-c/2cf1fee8-2bba-4c09-bfea-a793494d5da6.jfif
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/11/blog-post_61.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/11/blog-post_61.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content