विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सुरू

580


जनकपुरधाममा हरेक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आजबाट औपचारिक रूपमा प्रारम्भ हुँदैछ। पहिलो दिन ‘नगरदर्शन’ कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्वको शुरुवात हुने जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ।

सप्ताहव्यापी कार्यक्रमअनुसार शुक्रबार ‘फूलबारी लीला’, मंसिर ६ गते ‘धनुषयज्ञ’, ७ गते ‘तीलकोत्सव’, ८ गते ‘मटकोर’, ९ गते ‘स्वयंवर तथा शुभ विवाह’ र मंसिर १० गते ‘रामकलेवा’ विधिसहित महोत्सवको समापन हुने छ।

जनकपुरधाम क्षेत्रमा हाल महोत्सवका सबै तयारी तीव्र रूपमा जारी छन्। जानकी मन्दिर परिसर, रङ्गभूमि मैदान र बाह्रबिघा क्षेत्रमा सरसफाइ, आकर्षक पण्डाल निर्माण, इलुमिनेसनलगायतका संरचनात्मक काम पूरा गर्ने अन्तिम चरणमा पुगेका छन्। मन्दिर आसपासका गल्ली, मठ–मन्दिर र प्रमुख स्थलहरूमा पनि सजावट तथा विद्युत् बत्ती जडान भइरहेका छन्।

विवाह पञ्चमीका मुख्य कार्यक्रम यस वर्ष पनि जानकी मन्दिर परिसर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहनेछन्। मंसिर शुक्लपक्ष पञ्चमीका दिन मनाइने यस धार्मिक पर्वमा नेपाल तथा भारतका विभिन्न भू–भागबाट हरेक वर्ष जस्तै यसपटक पनि लाखौँ भक्तजनको आगमन हुने अपेक्षा गरिएको छ।

अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका प्रमुख धार्मिक केन्द्रहरूबाट साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु तथा भिक्षुणीको उल्लेख्य उपस्थिति रहने जनकपुरधाम जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा परिचित जनकपुरधाममा यो महोत्सवले नेपाल–भारत धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै आएको छ।

विगतका वर्षमा सरकारी तर्फबाट आर्थिक तथा व्यवस्थापकीय सहयोग पाइने गरे पनि यस वर्ष भने त्यस्तो सहयोग नपाएको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गुनासो व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमी महोत्सवलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। भीड व्यवस्थापन, आपतकालीन तयारी, यातायात तथा शान्ति सुरक्षाका अन्य उपायहरूमा सुरक्षा निकायहरू उच्च सतर्कतामा छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,504,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,590,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,540,स्थानीय समाचार,301,स्वास्थ्य,44,हाइलाइट,144,
ltr
item
ekrantikhabar: जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सुरू
जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सुरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj92nctcssJRTLuGBZ-9-BBS55vC3tAghuHKjo6io_ldBYVoBlXE_0K7O8X0-eqVHxDqiMPEmWK0FmbMmKbUWrzRGQk2foEA5AHGHMi71In-DJK7DuQbZVIcZcLjdRhpNfIRVrrqkgYr74lJZr2aMBfsfkcDLiSivm-SZ_CZ1-10TiF_xjtIHHQGXzM7jrv/s320/janaki-mandir-janakpur.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj92nctcssJRTLuGBZ-9-BBS55vC3tAghuHKjo6io_ldBYVoBlXE_0K7O8X0-eqVHxDqiMPEmWK0FmbMmKbUWrzRGQk2foEA5AHGHMi71In-DJK7DuQbZVIcZcLjdRhpNfIRVrrqkgYr74lJZr2aMBfsfkcDLiSivm-SZ_CZ1-10TiF_xjtIHHQGXzM7jrv/s72-c/janaki-mandir-janakpur.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/11/blog-post_33.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/11/blog-post_33.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content