कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला परेका छन्।
सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमतीमा नुहाउन नदीमा पसेका थिए।
बेपत्ता भएका आशिकको शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको किनारमा फेला परेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले खोजतलासको क्रममा शुक्रबार बिहान ८ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया