नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ। मंगलबार सुन ४ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ९०० रुपैयाँ बढेर प्रतितोला सुनको मूल्य २ लाख ४६ हजार ४०० कायम भएको छ।
अघिल्लो दिन सोमबार २९ सयले बढेर एक तोला सुन २ लाख ४१ हजार ५०० मा खरिदबिक्री भएको थियो।
सुनको मूल्य वृद्धि भएसँगै चाँदी पनि महंगिएको छ। आज प्रतितोला चाँदी ३ हजार १७० रुपैयाँ कायम भएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया