पर्सा- वीरगंज –८ स्थित गहवामाई मन्दिर परिसरमा एक पुरुष मृत फेला परेका छन्। स्थानीयका अनुसार मन्दिर परिसरमा फूल बेच्दै र भीक माग्दै बस्दै आएका ‘हरिहर’ नाम गरेको व्यक्ति आज बिहान मृत अवस्थामा भेटिएका हुन्।
मन्दिर परिसर नजिकै शव देखेपछि स्थानीयहरूले प्रहरीलाई जानकारी दिएका थिए। सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थलमा पुगेर शव उठाएको हो।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार शवलाई पोस्टमार्टम तथा आवश्यक अनुसन्धानका लागि नारायणी अस्पताल लगिएको छ।
घटनाको कारण अहिलेसम्म खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया