फतुवाबिजयपुर नगरपालिकाको वडा नम्बर ९ लक्ष्मिनियाँ टोलस्थित लालबकैया खोलाको ड्याममा आइतबार बिहान एक महिलाको शव फेला परेको छ। प्रहरीले दिएको जानकारी अनुसार महिलाको शव टाउको नभएको र सडेको अवस्थामा भेटिएको छ।
मधेस प्रदेशका डिआइजी उमा चतुर्वेदीले शव ३५ वर्ष उमेर समूहकी महिलाको हुन सक्ने अनुमान व्यक्त गरेकी छन्। तर शव कसको हो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन। घटनास्थलमा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट सुरेन्द्र यादवको कमाण्डमा सोको टोली खटिएको थियो। प्रहरीले शवको निरीक्षण गरी आवश्यक प्रक्रिया पुरा गरी शवलाई खाल्टो खनेर गाडीएको जानकारी दिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया