पर्सा- नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रभु हजराले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ताजा अलर्टलाई गम्भीरतापूर्वक लिन सबैलाई आग्रह गरेका छन्।
नेता हजराले सामाजिक सञ्जालमा संदेश जारी गर्दै देशभर लगातार भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आम जनतालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।
नेता हजराले विशेषगरी नदी किनार, पहाडी भू(भाग र बाढी तथा पहिरो सम्भावना बढी हुने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कुनै पनि जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेका हुन। उनले यस्ता मौसम प्रतिकूलताको समयमा स्थानीय प्रशासन र सुरक्षाकर्मीको निर्देशनलाई पूर्ण पालना गर्नुपर्ने आवश्यकता रहेको हुनाले सतर्क भएर अगाडि बढ्न ध्यानाकर्षण गराएका छन।
हजराले भने प्राकृतिक विपत्तिले क्षति बढाउन नपाओस्, यसका लागि नागरिक जागरूकता र सतर्कता नै मुख्य उपाय हो । साथै, उनले विपद् व्यवस्थापनमा संलग्न सबै निकायलाई सक्रिय रहन तथा आपत्कालीन अवस्थामा जनताको सहयोगमा तत्पर रहन आग्रह समेत गरेका हुन।
प्रतिक्रिया