नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य तोलाको २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ।
हिजोको तुलनामा आज सुनको भाउ २ हजार ५ सय रुपैयाँले बढेको हो। हिजो छापावाला सुनको मूल्य २ लाख ३० हजार ६ सय रुपैयाँ थियो।
सुनसँगै चाँदीको भाउमा पनि उल्लेख्य वृद्धि भएको छ। आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर २ हजार ९ सय ६० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढिरहेका कारण नेपाली बजारमा समेत यसको प्रभाव परेको हो। डलरको भाउ, अन्तर्राष्ट्रिय अस्थिरता, र लगानीकर्ताको आकर्षणले सुनको माग बढ्दा मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन्।
बढ्दो मूल्यले उपभोक्तालाई दबाब परे पनि सुन व्यवसायमा भने केही समययता चहलपहल बढेको देखिन्छ।
प्रतिक्रिया