वीरगञ्ज : नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले आज विज्ञप्ति निकालेर सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने र यसमा आफूहरूको असहमति रहेको जनाएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा नागरिकको सूचनाको हकसमेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेको उल्लेख छ ।
प्रतिक्रिया