विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

केपी ओलीलगायत नेताहरूको राहदानी रोक्का गर्ने राजनीतिक प्रतिशोधयुक्त निर्णय तुरुन्त फिर्ता लिन नेता हजराको मांग

580


पर्सा -
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीलगायत नेताहरूको राहदानी रोक्का गर्ने राजनीतिक प्रतिशोधयुक्त निर्णय तुरुन्त फिर्ता लिन एमालेका केन्द्रीय सदस्य प्रभु हजराले मांग गरेका छन ।

एमाले नेता हजराले मंगलबार सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै सो मांग गरेका हुन। 

उनले देशमा गत भाद्र २३ र २४ गतेजेनजेड आन्दोलनको नाममा देशव्यापी रूपमा घटित भएका विध्वंसात्मक, अराजक र असंवैधानिक गतिविधिहरू प्रति नेकपा (एमाले) गहिरो चिन्तित र दुःखी भएको बताएका छन। 

देशमा शान्तिपूर्ण आन्दोलनको आवरणमा सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त पार्ने, आम नागरिकलाई आतंकित बनाउने र राष्ट्रिय सुरक्षामाथि आघात पुर्याउने कार्यले कुनै पनि हिसाबले जनताप्रति उत्तरदायी राजनीतिक अभ्यासको प्रतिनिधित्व गर्दैन भन्ने उनको ठहर छ। 

नेकपा एमालेका पर्सा जिल्ला कमिटीका इन्चार्ज समेत रहेका नेता हजराले सो घटना बारे जाँचबुझ गर्न गठन गरिएको आयोगले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरूको राहदानी रोक्का गर्ने सिफारिस गरेको निर्णयप्रति पार्टी गम्भीर आपत्ति प्रकट गरेका छन, भने उनले आयोगको यस्तो सिफारिस स्वच्छ र निष्पक्ष अनुसन्धानको मापदण्ड विपरीत राजनीतिक प्रतिशोध प्रेरित देखिएको बताउदै । यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर आम जनमानसमा भ्रम फैलाउने प्रयास भएको र त्यसैको निरन्तरता स्वरूप दशैंको पावन अवसरलाई लक्षित गरी राजनीतिक पूर्वाग्रहले प्रेरित कदम चालिएको स्पष्ट भएको उनको धारणा छ। यस्तो कार्यले आयोगकै विश्वसनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ ।

एमाले नेता हजराले यस्तै, गृह मन्त्रालयले भाद्र २४ गतेको विध्वंसकारी घटनामा संलग्न दोषीहरूलाई जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै कुनै कारबाही नगर्न नेपाल प्रहरीलाई निर्देशन दिएको समाचार सार्वजनिक भएको जिकिर गरेका हुन। उनले यस्तो निर्देशनले अपराध अनुसन्धान गर्ने संवैधानिक तथा कानुनी अधिकार सम्पन्न निकायनेपाल प्रहरीको अधिकारक्षेत्रमा हस्तक्षेप गर्नुका साथै अपराधीहरूलाई संरक्षण दिने उदेश्य लिएको देखिन्छ र साथै यसले अपराधीहरूको मनोबल बढाउने मात्र होइन, सम्पूर्ण कानून र सुरक्षाको शासन प्रणालीलाई नै चुनौती दिने खालको आपत्तिजनक रहेको बताएका हुन। 

नेकपा एमाले नेता हजराले यसप्रति गहिरो आपत्ति प्रकट गर्दै, निम्न मागहरू राखेका छन ।

१. पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरूको राहदानी रोक्का गर्ने राजनीतिक प्रतिशोधयुक्त निर्णय तुरुन्त फिर्ता लिनुपर्छ।

२. भाद्र २४ गते राष्ट्रको सार्वजनिक सम्पत्तिलाई नष्ट पार्ने, नागरिक जीवनलाई असुरक्षित बनाउने र अराजकता फैलाउने घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउनुपर्छ।

३. अपराध अनुसन्धान गर्ने संवैधानिक निकाय नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र निर्वाध ढंगले काम गर्ने वातावरण सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायहरूले तुरुन्त पहल गर्नुपर्छ।

४. जाँचबुझ आयोगको नाममा गरिएका प्रतिशोधपूर्ण निर्णय र कार्यशैली तत्काल सच्याइ, आयोगलाई निष्पक्ष, विश्वसनीय र तथ्यमा आधारित ढंगले कार्य गर्न बाध्य बनाउनुपर्छ।

उनले देश, जनता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न नेकपा ९एमाले०सधैं अग्रसर रहनेछ। कुनै पनि बहानामा पार्टीका नेताहरूमाथि गरिने असंवैधानिक तथा राजनीतिक प्रतिशोधका कदमहरूलाई पार्टी दृढतापूर्वक प्रतिरोध गर्नेछ भने विज्ञप्तिमा उल्लेख छ।  

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,502,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,563,विचार,32,विज्ञान प्रविधि,26,विश्व,78,समाचार,504,स्थानीय समाचार,299,स्वास्थ्य,44,हाइलाइट,136,
ltr
item
ekrantikhabar: केपी ओलीलगायत नेताहरूको राहदानी रोक्का गर्ने राजनीतिक प्रतिशोधयुक्त निर्णय तुरुन्त फिर्ता लिन नेता हजराको मांग
केपी ओलीलगायत नेताहरूको राहदानी रोक्का गर्ने राजनीतिक प्रतिशोधयुक्त निर्णय तुरुन्त फिर्ता लिन नेता हजराको मांग
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiL00Ydg0cFb51xXBTAWuoJw051b46B8Alj0RZO8oaEmMfG6z_IrGv_5sEwxFJ-FRjx1AMD9k8TEATbjr7BQ8e7UhlMni9xAKeFPlHd2UMTBCYjRb758MV7vUi-h7yyBvnDWFZyEPcAAXuFTFEaC2X9cYLhNQNSxauL4OMDln-Ywn91Yp45jqZ_3oCRq1QG/s320/1000052044.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiL00Ydg0cFb51xXBTAWuoJw051b46B8Alj0RZO8oaEmMfG6z_IrGv_5sEwxFJ-FRjx1AMD9k8TEATbjr7BQ8e7UhlMni9xAKeFPlHd2UMTBCYjRb758MV7vUi-h7yyBvnDWFZyEPcAAXuFTFEaC2X9cYLhNQNSxauL4OMDln-Ywn91Yp45jqZ_3oCRq1QG/s72-c/1000052044.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_869.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_869.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content