पर्सा- जेनजी आन्दोलनमा सरकारले गरेको दमनविरुद्ध आज बिहानैदेखि वीरगञ्जका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएका छन्।विरोधकै क्रममा प्रदर्शनकारीहरूले वीरगञ्ज–२४ रामघडवामा रहेको नेकपा ९एमाले० पार्टी कार्यालय र त्यही वडाको ज्योतिनगरस्थित नेपाली काँग्रेस पर्साको कार्यालयमा आगजनी गरेका छन्। आगजनीका कारण दुवै पार्टी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ भने प्रशासनले थप तनाव फैलिन नदिन उच्च सतर्कता अपनाइरहेको जनाएको छ।
प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको र अहिले पनि विभिन्न स्थानमा विरोध जारी रहेकाले वीरगञ्जको अवस्था तनावग्रस्त बनेको जनाइएको छ।

प्रतिक्रिया