वीरगञ्जः यहाँ रहेको चर्चित सामुदयीक क्याम्पस हरिखेतान बहुमुखि क्याम्पस अब दिनप्रतिदिन बिबादास्पद बन्दै जान थालेको छ । क्याम्समा गत केही बर्ष अघिदेखि शुरु भएको संचालकहरुको रस्साकस्सीको कारण उत्पन्न समस्या अहिले सतहमा आउन थालेको हो ।
क्याम्पसमा हाल प्राध्यापक र कर्मचारी गरि झण्डै १४० जना कार्यरत छन उनीहरुले अहिले दशैंको मुखमा आन्तकि समस्याका कारण तलब प्राप्त गर्न नसकेको समाचार प्राप्त हुन आएको । केही दिन अघिदेखि क्याम्पस प्रशासन र कार्यरत कर्मचारीको बीचमा तलबको बिषयलाई लिएर उत्पन्न बिवाद अव पठन पाठनमा समेत प्रबेश गर्ने र यसले उग्र रुप लिने थालेको हो । यसलाई समाधानको लागि हदै सम्मको प्रयास गर्दा पनि समाधान हुन सकेको छैन तर अब सहमति गरेर खाता संचालनको अन्तिम प्रयास भैरहेको कुरा क्याम्पस प्रमुख किशोरी राय बताएका छन ।
क्याम्पसमा हाल झण्डै ४ हजार बिद्यार्थीले अध्ययन गरिरहेको भएपनि आन्तरिक समस्याका कारण बिद्यार्थी संख्या घट्दै जान थालेको समाचार प्राप्त हुन आएको छ भने संचालकहरुको ज्यादा हस्तक्षेपको कारण क्याम्पसले आफ्नो नियमित गतिबिधीमा समेतमा अवरोध सृजना हुन थालेको समाचार प्राप्त हुन आएको छ ।
क्याम्पसको खातामा बिगतको दिनमा रहेको नेपाल र्बैक लिमिटेड, राष्ट्रिय बाणिज्य र्बैंक लिमिटेड र सिद्धार्थ बैकमा रहेको बचत निकालेर क्याम्पस संचालकको स्वामित्वमा रहेको निजी बैंक लक्ष्मी सनराइज बैंकमा ७ करोड रुपैंया राखेपछि बिबिध खालको आशंका सृजना हुन थालेको समाचार समेत प्राप्त हुन आएको छ । उता क्याम्पसको बिबिध गतिबिधीका कारण अहिले अख्तियार समेत प्रबेश गरेको समाचार प्राप्त हुन आएको छ भने सिसी क्यामेर खरिद तथा जडान एवँ नाला निर्माणमा भएको अनियमितताका बारेमा समेत छानबिन भैरहेको समाचार प्राप्त हुन आएको छ । यस बारेमा संचालक सुनिल कुमार खेतान सँग सम्पर्क राख्दा कुनै अनियमितता नभएको बताउनुहुँन्छ भने पर्साको प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीसँग सम्पर्क राख्दा कर्मचारी र क्याम्पस प्रशासनको बीचमा सहमतिको लागि आफुले भनेको र बिवाद समास्या गर्न निर्देशन दिएको बताउनुहुन्छ ।
उता श्रम कार्यालयका प्रमुख बलराम कुशवाहा भने श्रमीकको श्रमको अधिकार सुनिश्चित गरेर खाता संचालनको प्रयास भैरहेको बताउनुुहन्छ । उता क्याम्पस प्रमुख भने आफु क्याम्पसको प्रमुखको रुपमा आएपछि कलेजमा कुनै पनि प्रकारको अतियमितता र भ्रष्टाचार नभएको र यसको गन्ध समेत कहीँ कतै नआउने गरि काम गर्दा पनि आलोचना भएमा यसको पछाडि कुनै गिरोह क्यम्पसलाई बदनाम गर्नमा नै लागेको आभाष हुन्छ भन्ने प्रतिक्रिया दिनुहुन्छ । त्यस्तै क्याम्पसमा कार्यरत कर्मचारी बिनोद यादबसँग सम्पर्क गर्न खोज्दा भेट हुन सकेन ।

प्रतिक्रिया