पर्सा- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासीयाको वीरगन्ज–११ श्रीपुरस्थित निवासमा आइतबार ढुंगा प्रहार गरिएको छ। ढुंगा प्रहारबाट घरको सिसा फुट्ने घटना भएको प्रहरीले जनाएको छ।
शहरमा जारी कर्फ्युबीच पनि विरोध प्रदर्शन चलिरहेका बेला मन्त्री चौरासीयाको घरमा तोडफोड भएको हो। प्रदर्शनकारी विभिन्न स्थानमा नाराबाजीसहित सडकमा उत्रिरहेका छन्।
सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन थप बल तैनाथ गरिएको जनाएको छ।
.png)
प्रतिक्रिया