$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो, सभ्य, मर्यादित र व्यवस्थित ढंगले चाडपर्व मनाउन एमाले नेता हजराको आग्रह

580


पर्सा-
नेपालीहरूको महान् चाड दसैँको सातौँ दिन फूलपाती पर्व आज वीरगञ्जको ऐतिहासिक गहवामाई मन्दिरमा परम्परागत ढङ्गले मनाईएको छ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी दुर्गा भवानीको आह्वानसहित पूजाआजा थालिएपछि आज सप्तमीका दिन फूलपाती घर–घरमा तथा मन्दिरमा भित्र्याउने परम्परा रहिआएको छ। वैदिक विधिअनुसार फूलपातीलाई शुभ साइतको प्रतीक मानिन्छ। 

घटस्थापनाका दिनदेखि नै पूजा कोठा वा दसैँघरमा राखिएको कलश र जमरासँगै आज विशेष रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा भित्र्याइन्छ । यी नवपत्रिका शक्तिको प्रतीक नौ देवीको स्वरूपमा पुजिन्छन् । 

वीरगञ्जको गहवामाई मन्दिरमा छपकैयास्थित मालपोत कार्यालयको दसैँघरबाट फूलपाती ल्याउने ऐतिहासिक परम्परा अझै जीवित छ । मालपोत कार्यालयस्थित मन्दिरबाट नेपाली सेनाले गहवामाई मन्दिरसम्म फूलपाती ल्याएको थियो । 

फूलपातीको अवसरमा नेकपा एमाले केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज प्रभु हजरा, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश्माना सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक सुदीपराज पाठक, स्थानिय समाजसेवी, बिभिन्न संघ संस्थाका पदाधिकारी लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो  ।

सो अवसरमा एमाले नेता हजराले नेपालीहरूको महान चाड बडा दशैंसँगै अन्य पर्वहरूलाई शान्तिपूर्ण र आपसी सद्भावका साथ मनाउन सबैलाई आग्रह गरेका छन । 

फुलपातीको यात्राको क्रममा नेता हजराले दशैं, तिहार, छठजस्ता पर्वले नेपाली समाजमा एकता, धार्मिक सहिष्णुता र सामाजिक मेलमिलापलाई अझ मजबुत बनाउने उल्लेख गरेका छन । उनले पर्वहरू केवल मनोरञ्जनका लागि नभई समाजलाई एकजुट बनाउन प्रेरणा दिने अवसर भएको भन्दै सभ्य, मर्यादित र व्यवस्थित ढंगले चाडपर्व मनाउन आह्वान गरे ।

“विजयादशमीले सत्य, धर्म र न्यायको विजयको सन्देश दिन्छ । यस पर्वले हाम्रा संस्कार र परम्परालाई जोड्ने मात्र होइन, आपसी मेलमिलापलाई पनि दृढ बनाउँछ,” उनले भने ।

नेता हजराले चाडपर्वका बेला उपभोक्ता अधिकार संरक्षण, सामाजिक सुरक्षामा ध्यान दिन राज्यका निकायलाई आग्रह गर्दै असहाय, विपन्न र आवश्यकता भएकालाई सहयोग गर्ने संस्कारलाई निरन्तरता दिन सबैलाई आग्रह गरेका थिए ।

यस अवसरमा उनले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धी तथा दीर्घायुको शुभकामना व्यक्त गर्दै पर्वले मुलुकमा सामाजिक सद्भाव, राजनीतिक स्थिरता र आर्थिक प्रगतिमा टेवा पु¥याओस् भन्ने अपेक्षा समेत व्यक्त गरेका थिए ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,653,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,692,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो, सभ्य, मर्यादित र व्यवस्थित ढंगले चाडपर्व मनाउन एमाले नेता हजराको आग्रह
गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो, सभ्य, मर्यादित र व्यवस्थित ढंगले चाडपर्व मनाउन एमाले नेता हजराको आग्रह
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgt1ese7Ye5pMvE1QZLMmsNInprj1vNPnMXpfjVTBvc_N5LBYEYQp6xSOxNo7zwFxS1hCmGbAmSSGgqXNYkB5OUsbShj2xGqWULK9-OVrS3jeueRKMXQBKEVvcbyNReMBt18yE7xwFnB3cat98wvkn0HDmuPQNpI3Z1znkGkuyz1KC3ld_Vm0rhQMPP3MRJ/s320/fb0c9dc9-ec04-4a16-8761-716ecb4175b0.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgt1ese7Ye5pMvE1QZLMmsNInprj1vNPnMXpfjVTBvc_N5LBYEYQp6xSOxNo7zwFxS1hCmGbAmSSGgqXNYkB5OUsbShj2xGqWULK9-OVrS3jeueRKMXQBKEVvcbyNReMBt18yE7xwFnB3cat98wvkn0HDmuPQNpI3Z1znkGkuyz1KC3ld_Vm0rhQMPP3MRJ/s72-c/fb0c9dc9-ec04-4a16-8761-716ecb4175b0.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_455.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_455.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content