काठमाडौं : काठमाडौं महानगरपालिका-१६ नागरिक बजारस्थित सोही महानगरपालिका-१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३१ वर्षीय हाल राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत पाँच जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपलिका-१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका-१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङसमेत सात जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
त्यसतै, झापाको बिर्तामोड नगरपालिका(५ स्थित गोपाल श्रेष्ठको चियारनास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(५ धिमाल चोक बस्ने इलाम घर भएका ३८ वर्षीय तिर्थराज तामाङ समेत आठ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया