विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

वीरगञ्जमा हैजा नियन्त्रण गर्न चुनौती, संक्रमितको संख्या ७१ पुग्यो

580


९ भदौ, वीरगञ्ज :
पर्साको वीरगञ्जमा हैजा नियन्त्रण दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । हालसम्म हैजाको लक्षण देखिएका २५४ मध्ये ७१ जनामा संक्रमण पुष्टि भएको छ। केहीको नमुना परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहका अनुसार १२४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । तर पनि वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप लगातार बढ्दै गएको छ ।

सबैभन्दा बढी चाप नारायणी अस्पतालमा देखिएको छ भने तराई हस्पिटल, नेसनल मेडिकल कलेज र वीरगञ्ज हेल्थ केयरलगायतका अस्पतालमा पनि सामान्य अवस्थाभन्दा धेरै बिरामी भर्ना भइरहेका छन् । चाप बढ्न थालेपछि नारायणी अस्पतालले चिकित्सक र कर्मचारीलाई बिदा नबस्न आदेश जारी गरेको छ । बिदामा रहेका चिकित्सकहरूलाई समेत तत्काल हाजिर हुन निर्देशन दिइएको छ ।

हैजाको फैलावट रोक्न स्थानीय तहदेखि संघीय सरकारसम्मको समन्वयमा प्रयास भइरहेका छन् । जनचेतना फैलाउने उद्देश्यले स्वास्थ्यकर्मी, स्वयंसेवक र सरसफाइ अभियन्तासहितको १३० जनाको टोली गाउँटोलमा परिचालन गरिएको छ। टोलीले सरसफाइ अभियान, खाद्य पदार्थ निरीक्षण र खानेपानीको गुणस्तर परीक्षणमा सक्रिय भूमिका खेलिरहेको साहले जानकारी दिए ।

महानगरपालिकाले आईतबार र सोमबार विद्यालय तथा कलेज बिदा घोषणा गर्दै विद्यार्थीलाई घरमै बस्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले पठाएको विशेषज्ञ टोलीले आइतबार अस्पतालको अनुगमन गरिसकेको र आजदेखि गाउँबस्तीमा प्रत्यक्ष काम सुरु गर्ने तयारी भएको छ ।

यसैबीच, हैजा प्रभावित क्षेत्रको खानेपानी नमुना संकलन गरी काठमाडौं पठाइसकिएको तर अहिलेसम्म परीक्षण रिपोर्ट प्राप्त नभएको महानगरले जनाएको छ ।

विशेषज्ञहरूले संक्रमित बढ्न नदिन सरसफाइमा विशेष ध्यान दिन, उमालेको वा शुद्ध पानी मात्र प्रयोग गर्न, झोलिलो खाना खान र कुनै लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,69,प्रमुख समाचार,427,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,469,विचार,30,विज्ञान प्रविधि,26,विश्व,70,समाचार,460,स्थानीय समाचार,279,स्वास्थ्य,42,हाइलाइट,108,
ltr
item
ekrantikhabar: वीरगञ्जमा हैजा नियन्त्रण गर्न चुनौती, संक्रमितको संख्या ७१ पुग्यो
वीरगञ्जमा हैजा नियन्त्रण गर्न चुनौती, संक्रमितको संख्या ७१ पुग्यो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjLmPTznHwUMVSRLdqCIw-lR1pVJj0wgxQgyWSOD__5J5jgZ2p-gun0eHMsm-6wCX0Zgt-7GuDdbnWqJBHp6PtHWuD0Q2y5wUN3DpBKUCkt9MBl219Wq58TX5EOWYZAbo3Rd8ByQraW6gOEP6hds1i_6TYFqKYIfNh922z78UAilDC3RE4egHwllHkoQXlt/s320/narayani%20hospital%20birgunj.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjLmPTznHwUMVSRLdqCIw-lR1pVJj0wgxQgyWSOD__5J5jgZ2p-gun0eHMsm-6wCX0Zgt-7GuDdbnWqJBHp6PtHWuD0Q2y5wUN3DpBKUCkt9MBl219Wq58TX5EOWYZAbo3Rd8ByQraW6gOEP6hds1i_6TYFqKYIfNh922z78UAilDC3RE4egHwllHkoQXlt/s72-c/narayani%20hospital%20birgunj.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_73.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_73.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content