वीरगञ्ज : पर्साको पटेर्वासुगौली गाँउपालिका स्थित दुधेश्वरनाथ (भाठा मन्दिर)को निर्माण कार्यमा पनि मन्त्री प्रमोद जयसवालमाथि कमिसनको आरोप लागेको छ। भाठा मेला समितिका अध्यक्ष गेनालाल पटेलले आइतबार पत्रकार सम्मेलन गरि मन्त्री जयसवालले ठेकेदारमार्फत कमिसन मागेको खुलासा गरेका छन्।
“काम ल्याउन मेरो पाँच लाख खर्च भएको छ, पाँच लाख दिनुस् अनि मात्र काम हुन्छ भनेका थिए। हामीले पैसा नदिएपछि ठेकेदार राजेश पटेलले मन्त्रीलाई फोन गरेका थिए। फोनमा मन्त्रीले ‘पाँच लाख नदिनुस्, तीन लाख दिनुस्’ भनेका थिए। त्यसपछि समितिका सदस्य बासदेव दास थारुमार्फत तीन लाख रुपैयाँको चेक दिइयो र काम थालियो।”अध्यक्ष पटेलले भने । उनले समितीका २० भन्दा बढि सदस्यहरुको अगाडि कुरा भएको र उहाँ सवै जना सो कुराको साक्षी रहेको अध्यक्ष पटेलले बताए । कमिशनको रकम नलिए सम्म ठेकेदारले निर्माणको काम अघि नबढाएको बताए ।
यस अघि पनि मन्त्री जयसवालले कमिशन लिएर योजना दिने गरेको चर्चा चुलिएको थियो । कमिशनकै कारण बदनाम बनेपछि नेकपा एमाले मधेश प्रदेशको बैठकमा उपाध्यक्ष बिचारी यादवले उनको राजनिमा माँग गरेका थिए । मन्त्रीले कमिशनकै कारण कतिपय योजनाहरुमा बजेट बिनयोजन नगरेको र ३ देखि ५ प्रतिशत कमिशनमा योजना बेचेको आरोप लाग्दै आएको छ । जुन बिस्तारै पुष्टि पनि भईरहेको छ ।
सरकारको विकास कार्यक्रम पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ। मन्त्री र सम्बद्ध निकायहरूले यस्ता आरोपको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग समाजमा उठिरहेको छ।

प्रतिक्रिया