$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पथलैयाका एसपी सिलवालविरुद्ध ३५ उजुरी, तीन समिति मार्फत छानबिन

580


वीरगञ्ज :
मधेस प्रदेश प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालमाथि आचरण विपरीतको काम गरेको आरोपमा छानबिन प्रक्रिया सुरु भएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार, एसपी सिलवालविरुद्ध ३५ वटा उजुरी दर्ता भएका छन्। उनीमाथि मापसे गरेका चालकहरूसँग पैसा असुली, चोरीको गाडी भन्सारमा नबुझाई व्यक्तिगत रूपमा प्रयोग, हेभिलोड नियमको उल्लङ्घन, तथा समन्वयबिना ट्राफिक चेकजाँच सञ्चालन जस्ता गम्भीर आरोपहरू लगाइएको छ।

तीन छुट्टाछुट्टै छानबिन समिति गठन

मधेस प्रदेशका डीआईजी उमा प्रसाद चतुर्वेदीले एसपी सिलवालमाथि छानबिन गर्न तीनवटा छुट्टाछुट्टै समिति गठन गरिएको पुष्टि गरेका छन्। ती समितिहरूको नेतृत्व एसएसपी भीम दाहाल, एसएसपी कमल थापा र एसपी नारायण रञ्जितकारले गरिरहेका छन्।

डीआईजी चतुर्वेदीका अनुसार, उजुरीहरू ५ भिन्न प्रकृतिका छन् र सबै ८ वटै जिल्लाबाट सङ्कलन गरिएको हो। उजुरीमा ट्राफिक प्रहरीले आफ्नो अधिकार क्षेत्रबाहिरका कार्य गरेको, चालकहरूमाथि अनावश्यक दवाब सिर्जना गरेको, र भन्सार प्रक्रिया नअपनाई गाडीहरूको दुरुपयोग गरिएको उल्लेख छ।

एसपी सिलवालमाथि मापसे गरेका चालकहरूलाई जरिवाना गरेर छाड्नुपर्नेमा रातभर नियन्त्रणमा राखेर रकम असुली गरेको, चोरीको गाडी भन्सार बुझाउने सट्टा आफूखुसी प्रयोग गरेको, र समन्वयबिना चेकजाँच सञ्चालन गरेको आरोप छ। छानबिन समितिसँग सिलवालले भनेका छन् कि उनी चोरीको गाडी भन्सार बुझाउने प्रक्रियामै छन्।

छानबिन समितिका संयोजक पनि विवादमा

यसबाहेक, छानबिन समितिका संयोजक एसएसपी कमल थापा आफैं पनि विवादित छन्। विगतमा भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा थापाको संलग्नता रहेको आरोप लागेको थियो। उक्त प्रकरणमा शक्तिकेन्द्रको दबाबमा उनी कारबाहीबाट जोगिएका थिए, भने सोही मुद्दामा संलग्न इन्स्पेक्टर बिनु शाही ललितपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएकी थिइन्।

यस घटनाले प्रदेश प्रहरी प्रशासनभित्र पारदर्शिता, आचरण र जिम्मेवारीका विषयमा गम्भीर प्रश्न उठाएको छ। प्रहरी अधिकारीहरूबाट नै यस्तो आचरण देखिनु सुरक्षा संयन्त्रप्रति आम नागरिकको विश्वास खस्किने खतरा रहेको सामाजिक टिप्पणीहरू भइरहेका छन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,653,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,692,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: पथलैयाका एसपी सिलवालविरुद्ध ३५ उजुरी, तीन समिति मार्फत छानबिन
पथलैयाका एसपी सिलवालविरुद्ध ३५ उजुरी, तीन समिति मार्फत छानबिन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLOvtY1YVQdqjDRB-TF-7p7OYacIWqx7Iq2jhvbNsUPDNrSIHXSI5184USDKjtUP-ZkvBCg6FyeEmAAz1B8OvJX33q6ckyHG-PZRRvNZbm7DXnXWPIjpqQAYjji-0kxJM0GD-3eIpkaloMi5jPPWN-pQR6dUrUCV_QnzrmTko_mZnpknbp01-wRTz2AqMm/s1600/sp.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLOvtY1YVQdqjDRB-TF-7p7OYacIWqx7Iq2jhvbNsUPDNrSIHXSI5184USDKjtUP-ZkvBCg6FyeEmAAz1B8OvJX33q6ckyHG-PZRRvNZbm7DXnXWPIjpqQAYjji-0kxJM0GD-3eIpkaloMi5jPPWN-pQR6dUrUCV_QnzrmTko_mZnpknbp01-wRTz2AqMm/s72-c/sp.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_35.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_35.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content