वीरगञ्जमा संकटको रुपमा रहेको खानेपानी र हैजाको समस्या समाधान गर्न सांसद हजराले जोरदार मांग गरेका छन ।
सांसद हजराले शनिवार समाजिक संजाल मार्फत पर्सा जिल्लामा अहिले संकटको रुपमा रहेको खानेपानी र फैलिदैं गरेको हैजाको समस्या समाधान गर्न तिनै तहको सरकार समक्ष जोरदार मांग गरेको हुन ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज समेत रहेका सांसद हजराले समाजिक संजाल मार्फत हाल क्षेत्र नम्बर १ तथा पर्सा जिल्लाका केन्द्र बिन्दु वीरगञ्ज महानगरपालिकामा स्वच्छ खानेपानीको अभावले आम नागरिकहरू गम्भीर समस्यामा परेका छन, भने अपायक र असुरक्षित पानीको सेवनका कारण हैजा लगायतका पानीजन्य रोगहरू तीव्र रूपमा फैलिँदै गरेको उनले जिकिर गरेका छन ।
सांसद हजराले भने यस्ता समस्याबाट सर्वसाधारण जनताको स्वास्थ्य, बालबालिका तथा वृद्धवृद्धाहरूको जीवनमा ठुलो संकट उत्पन्न भएको छ, भने हालको हैजा फैलावटले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको हुँदा, तुरुन्तै समाधान आवश्यक रहेको बताएका छन ।
सांसद हजराले प्रभावित क्षेत्रहरूमा स्वच्छ र सुरक्षित खानेपानीको तत्काल व्यवस्था गरियोस, हैजा नियन्त्रणका लागि निःशुल्क उपचार तथा औषधि वितरण गरियोस, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी रोग नियन्त्रणका उपायहरू प्रचार–प्रसार गरियोस, प्रदूषित पानीका स्रोतहरूमा तत्काल सुधार र सरसफाइको व्यवस्था गरियोस तथा दीर्घकालीन रूपमा खानेपानी तथा सरसफाई पूर्वाधारको विकासमा प्राथमिकता दिइयोस भने समस्या समाधानको लागी जोरदार मांग गरेका छन ।
आम नागरिकको जीवन र स्वास्थ्यको रक्षा गर्नु राज्यको दायित्व हो भन्ने विश्वास ब्यक्त गर्दै यस गम्भीर बिषय तर्फ तिनै तहको ध्यानकर्षण होस भन्ने समाजिक संजाल मार्फत आग्रह समेत गरेका हुन ।
प्रतिक्रिया