वीरगञ्ज- पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ नेता बिहिन रहेको युवा व्यवसायी रुपेश पाण्डेले दावी गरेका छन ।
पर्सा क्षेत्र नम्बर ३को समसामयिक तथा राजनितिक बिषयमा संचारकर्मीसंग कुरा गदैं युवा व्यवसायी पाण्डेले सो दावी गरेका हुन ।
युवा व्यवसायी पाण्डेले भने पर्सा जिल्लाको क्षेत्र नम्बर ३ मा बिकासको गती शुन्य छ , कार्यक्रममा भाषण र स्वार्थ पुर्तीमा मात्र क्षेत्रका जनप्रतिनिधि तथा सांसदहरु लागी परेको हुनाले क्षेत्र नेता बिहिन भएको उनको ठहर छ ।
उनले भने क्षेत्रका आम जनताले नेताको खोजी गरिरहेको अवस्था छ, दक्षिण भारतको सिमाना देखी उत्तर थरुवट सम्म ३५ वडा रहेको पर्सा क्षेत्र ३ मा अहिले बिकास नहुदाँ जनता दुखित छन, भने जनता र क्षेत्रको बिकासको लागी प्रतिनिधित्व गर्ने नेताको खोजीमा आम नागरीक रहेको उनको भनाई छ ।
पर्सा जिल्ला पानीको संकटमा परेको अवस्था छ , पोखरीया नगरपालिका र पकहाँमैनपुर गाउँपालिकामा लाखौंको लागतमा बनाईएको खानेपानि ट्याकीं संचालनमा आएको छैन्न, भने जनप्रतिनिधि, सांसद तथा मन्त्रीहरुले कुनै किसिमको चासो समेत देखाएका छैन्न, यस्तो अवस्थामा पनि डिप बोरिङ्गको नाममा राष्ट्रको लाखौं रकम पानी जस्तै बगाउनु र आम नागरीक समेतलाई सास्ती दिनु दुर्भाग्य रहेको उनको टिप्पणी छ ।
पर्सा जिल्लामा प्रत्यक्ष तर्फ ४ जना प्रतिनिधि सभा सदस्य र ८ जना प्रदेश सभा सदस्य छन भने समानुपातिक तर्फ छुटै सांसदहरु ह्ुंदा पनि जिल्लामा बिकासको गति नलिनु जनताको लागी दुभाग्र्य रहेको उनको ठहर छ । यति मात्र होईन्न , मन्त्रालय नै मन्त्रालय जिल्ला बासीले पाए तर जिल्लामा परिवर्तन नहुनु बिडम्बना रहेको बताए ।
पर्सा जिल्ला व्यापारिक, आर्थिक, सामाजिक दृष्टिकोणमा राम्रो रहेपनि हुनुपर्ने जतिको विकास हुन नसकेको उनको दावी छ । उनले भने जनताको प्रतिनिधित्व गर्ने ब्यक्ति कुनै पार्टी र संगठन बिषेश नभई समाज र जनता बिषेश काम गर्नु जरुरी हुन्छ, तर यहाँ नेताहरुले भोट माग्ने बेला जनप्रिय बन्ने र जित पाउने बितिकै प्राईभेट लिमिटेड कम्पनी जस्तै आफ्ना आसेपासेलाई पोषण पालनमा सिमित हुने गरेका छन । यस्ता भ्रष्ट नेताहरुलाई तह लगाएर समाजलाई रुपान्त्रण गर्ने उदेश्य बोकेर आफु निर्वाचनमा उत्रिने लाागेको बताए हुन ।
पर्सा जिल्लामा रुपेश पाण्डेको सक्रियता
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मानिकपुर वार्ड नम्बर २ का स्थायी बासिन्दा युवा व्यवसायी पाण्डेले पछिल्लो समयमा आफ्ना गाउँ ठाउँका जनताको दुःख पीडा सुन्नमा व्यस्त देखिन्छन, भने व्यवसायका साथसाथै समाज रुपान्तरणका लागि समेत आफ्नो यात्रा अगाडि बढाएका हुन् । उनले आगामी प्रतिनिधि सभा निर्वाचनकका लागि उम्मेदवारी दिने गरी समेत ब्यापक चर्चा भइरहेको छ । क्षेत्रको विकास तथा रुपान्तरणका लागि विभिन्न अध्ययन तथा काम गर्दै आइरहेका छन, भने पाण्डेयले आफ्नो राजनीतिक, सामाजिक भेटघाट क्षेत्रबासीलाई भेट्ने, समस्याहरु बुझ्ने र समस्या निराकरणको योजना बनाउने सम्मका गतिविधिमा आफूलाई व्यस्त राखेका छन् । युवा उधमी पाण्डेले समाज रुपान्तरण तथा जनताको सेवामा पुर्याउदै आएका योगदानका कारण अहिले आमजनमानसमा छुटै पहिचान बनाउन सफल भएका छन ।
युवा व्यवसायी पाण्डेको भिजन
पाण्डेले पोखरिया बजारलाई देखिने गरी विकास गर्नलाई आफूले भिजन तयार पाईसकेको बताउछन । साथै मठमन्दीरको सम्वद्र्धन, कृषिमा प्रविधिकरण तथा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा नागरीकको सहज पहुँच लगायतलाई मुल मुद्दा बनाइरहेका पाण्डेले अब पोखरिया बजारको नयाँ रुप देखिनुपर्ने आफु अग्रसर रहेको बताएका छन ।
बिकल्पलाई रोज्दै जनता
नयाँ सोच र नयाँ भिजनका साथ आफुलाई प्रस्तुत गरेका युवा उधमी पाण्डेलाई आम नागरीकले निकै मन पराएका छन , भने युवा ब्यवुसायीले पछिल्लो समयमा समाजमा पुर्याउदै आएका योगदानका कारण उनलाई आम नागरिकहरूले २०८४ को प्रतिनिधि सभा निर्वाचनमा सांसद बन्न सुझाव दिने गरेका छन् । क्षेत्रमा युवा उधमी पाण्डेको बिकल्प छैन, परिवर्तनको मुल बाटो नै पाण्डे हने जनताको निस्कर्श, भ्रष्टचार र अन्यमीता अन्तयको लागी पाण्डे नै आवश्यक भने बिभिन्न किसिमको कुराले पर्सा क्षेत्र नम्बर ३ अहिले तातिएको छ भने युवा उधमी पाण्डेलाई कतिपयले त सांसदकै रुपमा अहिले देखि नै हेर्न थालिसकेका छन् ।
स्थानिय अभिभावक, बुद्धिजीवीहरुको आर्शिवाद तथा युवाहरूको साथ सहयोगको अपेक्षा लिएर उनी पनि निर्वाचनमार्फत चुनिएर समाजसेवा र समाजको विकासमा झनै अग्रसर हुने सोचमा देखिन्छन् । युवा उधमी पाण्डेले आफ्ना कृयाशिलता, लगनशिलता र जनताले उनी प्रती राखेको भरोसालाई मुल शक्तिको रुपमा प्रयोग गरेर क्षेत्रमा पर्ने ३५ वटा वडालाई आर्थिक दृष्टिकोण र सामाजिक दृष्टिकोणबाट ठिक पारेर बिकास मुखीमा परिवर्तन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
पर्सा जिल्लामा युवा उधमी पाण्डेको राजनितिकमा उठेको कदमले माहोल तातिएको छ, भने नेताहरु भयभीत भएको क्षेत्रका जनताहरु बताउछन । निर्वाचनको अहिले करिब ढाई बर्ष बाकी छ तर जनता बिच कमाएका लोकप्रियताले २०८४ मा परिवर्तन हुने सम्भावना देखिएको छ ।
युवा उधमी पाण्डे दलिय राजनितिकबाट बाहिर छन, स्वतन्त्र रुपमा काम गरिरहेका छन भने निर्वाचनमा दलबाट भाग लिने कि स्वतन्त्र अहिले प्रष्ट भएको छैन्न ।
प्रतिक्रिया