जिल्ला प्रशासन कार्यालय कृषि सामाग्री कम्पनी लिमिटेड साल्टट्रेनिङ जिल्ला प्रहरी कार्यालय लगायतको संयुक्तरूपमा अनुगमन गर्ने क्रममा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ कटैयाबाट अवैध रुपमा भन्डारण गरि राखेको नेपाल सरकारको अनुदान रासायनिक मल बरामद गरेको छ।
विशेष सुचनाको आधारमा बिक्रीवितरण गर्नका लागि राखिएको स्थानीय अकारीको घर बाट डिएपि मल २६ बोरा पोटास २४ बोरा बरामद गरिएको जनाएको छ।
त्यसैगरी अर्को स्थानीय महम्मद मल खाद्य स्टोरका संचालक साह मोहम्मद अन्सारीको घरमा लुकाएर राखेको डिएपि बोरा पोटास १२ बोरा बिएसपि फस्फेट ११४ राखेको अवस्थामा उक्त मल खाद्य बरामद गरिएको हो ।बरामद गरिएको मल खाद्यको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रिया