पर्सा– नेकपा एमालेका प्रभु हजराले वीरगन्जस्थित नारायणी अस्पतालको आज निरीक्षण गरेका छन् । सांसद हजराले निरीक्षणको क्रममा नारायणी अस्पताल ५ सय शैयामा छिटै स्तरउन्नती हुने जानकारी दिएका हुन । नेपाल सरकारले नारायणी अस्पताललाई ५ सय शैयामा स्तरोन्नतीका लागी छुट्टयाईएको बजेट सराहनीय रहेको भन्दै सांसद हजराले असोज सम्म टेण्डर प्रकृया पुरा गरेर अस्पताल निर्माणको काम सुरु हुने बताएका हुन ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज समेत रहेका सांसद हजराले नारायणी अस्पतालको अवस्था पहिलेको तुलनामा धेरै सुधार भएको प्रतिक्रिया दिएका छन, भने उनले अस्पतालमा अहिले राम्रो व्यवस्थापन भइरहेको बताए ।
सांसद हजराले निरिक्षणको क्रममा नारायणी अस्पताल सबै जनताको साझा अस्पताल भएको दाबी गरे । अस्पतालको विकास र स्तरोन्नतीका लागि आफु सँधै गम्भिर भएको पनि उनले बताए । उनले बिरामी र उनीहरुका कुरुवासँग पनि संवाद गरेका थिए । सो अवसरमा अस्पतालको अवस्था ठिक रहेको र सहज ढंगले उपचार पाएको उनीहरुले बताएका थिए ।
पर्सा, बारा मात्रै नभएर मकवानपुरसम्म्का र रौतहटदेखि सर्लाहीसम्मका बिरामी उपचारका लागि नारायणी अस्पतालमा आएको जिकिर गरे । शिक्षा स्वास्थ्य तथा सुचना प्राबिधिक समितिका सदस्य समेत रहेका सांसद हजराले आफु २५ वर्ष अघि नारायणी अस्पताल विकास समितिको सदस्य भएको क्षण स्मरण गर्दै उनले
नारायणी अस्पतालमा नियमित रुपमा सरसफाई भइरहेको छ, अस्पतालमा बिरामीहरुलाई सहज ढंगले सेवा प्रवाह गर्ने काम आफु गरिरहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दासले बताए ।
प्रतिक्रिया