बिरगंज: स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले वीरगञ्जका पत्रकारहरूमाथि गरेको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर आपत्ति जनाउँदै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका पर्सा सचिव बिजय महतोले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै पर्साका कार्यसमिति सदस्य आरोहणकुमार साह, पत्रकार राजु बैठा, राकेश कुमार साह, सन्तोषकुमार कुशवाह, अर्जुन चौधरी, आनन्दकुमार पटेललगायत माथि स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै गालीगलौज तथा दुर्व्यवहार गरेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
घटनालाई अत्यन्त आपत्तिजनक बताउँदै महासंघले पत्रकारमाथि भएको यस किसिमको व्यवहार प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख गरेको छ। महासंघका अनुसार, यस घटनाबारे तत्काल कानूनी कारबाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराइएको बिज्ञप्ती मार्फत जनाएको छ ।
, जिल्ला प्रहरी प्रशासनका उच्च अधिकारीहरूले अझैसम्म कानूनी प्रक्रिया अगाडि नबढाएको भन्दै महासंघले प्रहरीको भूमिकाप्रति गम्भीर प्रश्न उठाएको छ। “पत्रकारमाथि दुव्र्व्यवहार गर्ने व्यक्तिमाथि यदि तत्काल कारबाही नहुने हो भने पत्रकार महासंघ पर्सा संघर्षको कडा रूप अपनाउन बाध्य हुनेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
पत्रकार महासंघले सबै सरोकारवाला पक्षलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न आह्वान गर्दै, पत्रकार सुरक्षाका विषयमा जिम्मेवार बन्न अनुरोध गरेको छ।
प्रतिक्रिया