काठमाडौँ : विभिन्न जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । बारा, झापा र धनुषा जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको हो ।
बाराको सुवर्ण गाउँपालिका–७ बहुअर्वा बस्ने ५७ वर्षीय धतु राय भरको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय एसआरपी अस्पताल कवहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै झापाको गौरादह नगरपालिका–७ गक्षामारी बस्ने ७७ वर्षीया तेजकुमारी उप्रेतीको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको गुवालीभित्र कुटी काट्ने मेसिनबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
धनुषाको हंसपुर नगरपालिका–३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउनका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय क्लिनिक हंसपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
.jpg)
प्रतिक्रिया