काठमाडौं : आर्थिक वर्ष २०८१-८२ मा डिजेल, पेट्रोल र इलेक्ट्रिक गाडी आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । गएको आर्थिक वर्षमा कुल चार खर्ब ७७ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ भन्सारबाट राजस्व उठेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा गएको वर्ष भन्सार राजस्व ५७ अर्ब ८३ करोड चार लाख रुपैयाँले बढेको छ । गएको आर्थिक वर्षमा १८ खर्ब चार अर्ब १२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।
आर्थिक वर्ष २०८०-८१ मा चार खर्ब २० अर्ब १६ करोड रुपैयाँ भन्सार राजस्व उठेको थियो । सो आर्थिक वर्ष कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।
गएको आर्थिक वर्षमा सबैभन्दा बढी डिजेल आयातबाट भन्सार राजस्व प्राप्त भएको छ । एक खर्ब २८ अर्ब ७६ करोड १६ लाख रुपैयाँको डिजेल आयात हुँदा ५८ अर्ब ३८ करोड नौ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।
६४ अर्ब १२ करोड ७४ लाख रुपैयाँको पेट्रोल आयातबाट ४२ अर्ब २५ करोड तीन लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ ।
गएको वर्ष सात हजार ४३१ वटा इलेक्ट्रिक कार, जीप र ५१ किलो वाटभन्दा माथि र १०० किलो वाटका भ्यान आयातबाट ११ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । १८ अर्ब ६२ करोड आठ लाख रुपैयाँका यस्ता कार, जीप र भ्यान आयात भएका थिए ।
.jpg)
प्रतिक्रिया