विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

परराष्ट्रमन्त्री राणा इटली र जर्मनी भ्रमण गरी स्वदेश फिर्ता

580


काठमाडौं :
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट आज स्वदेश फर्किएकी छन् ।

रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भएकी मन्त्री राणा उतैबाट जर्मनी गएर आज स्वदेश फर्किएकी हुन् ।

उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

२८ जुनदेखि ४ जुलाईसम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै यसका दौरानमा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई मन्त्री राणाले सम्बोधन गरेकी थिइन् ।

सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रुपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरुले आधार प्रदान गरेको बताइन् ।

खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीति मार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणको माध्यमबाट नेपालले सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको पनि मन्त्री डा राणाले बताइन् ।

अतिकम विकसित, साना टापू राष्ट्रहरु तथा भूपरिवेष्ठित राष्ट्रहरुमा खाद्य अधिकार तथा पोषणका सम्बन्धमा धारणा राख्दै मन्त्री राणाले नेपाल लगायत यी देशहरुले जलवायु परिवर्तनको क्षति व्यहोरिरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।

नेपाल र योजस्ता भूबनोट रहेका देशहरुका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा अनुदान दिइनुपर्ने माग पनि राखेको मन्त्री राणाको सचिवालयले जनाएको छ ।

साथै उनले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरे ।

त्यसपश्चात गरेको जर्मनी भ्रमणका क्रममा मन्त्री राणाले जर्मनीका विदेशमन्त्री डा। जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । गत मंगलबार बर्लिनमा भएको भेटमा उनले नेपालमा रासायनिक मल उत्पादन कारखाना लगायतका क्षेत्रमा लगानी गर्न र सिधा हवाई उडानको प्रस्ताव समेत गरेकी थिइन् ।

साथै नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरुबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको जानकारी पनि गराएकी थिइन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,68,प्रमुख समाचार,367,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,424,विचार,30,विज्ञान प्रविधि,26,विश्व,64,समाचार,434,स्थानीय समाचार,264,स्वास्थ्य,38,हाइलाइट,88,
ltr
item
ekrantikhabar: परराष्ट्रमन्त्री राणा इटली र जर्मनी भ्रमण गरी स्वदेश फिर्ता
परराष्ट्रमन्त्री राणा इटली र जर्मनी भ्रमण गरी स्वदेश फिर्ता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9TYCMF8ievalqz45XhsQ4bvExWNE2AQMNHntH3QCxNCyl7xKmH-7XG5qPxlDU_zdMUQhvMAuTvBABG-SDzElOLbvO6B8yxUlJODrYkO_gDpvi5zCTtqjTWCqytWYz-6B-BaS6ETI0LGPXvDJv-VXDP_Vk-q7DXVm7Pl78vbNomg4SRmMOwd7cazuJd_tZ/s1600/images.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9TYCMF8ievalqz45XhsQ4bvExWNE2AQMNHntH3QCxNCyl7xKmH-7XG5qPxlDU_zdMUQhvMAuTvBABG-SDzElOLbvO6B8yxUlJODrYkO_gDpvi5zCTtqjTWCqytWYz-6B-BaS6ETI0LGPXvDJv-VXDP_Vk-q7DXVm7Pl78vbNomg4SRmMOwd7cazuJd_tZ/s72-c/images.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/07/blog-post_19.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/07/blog-post_19.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content