विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

कानून मन्त्री लेखीको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार र तथ्यहीन’ ठहर गर्दै तत्काल सच्याउन नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आग्रह

580


जनकपुरधाम :
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले हालै विभिन्न सार्वजनिक मञ्चहरूमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारीहरूलाई लक्षित गरी व्यक्त गरेका अभिव्यक्तिप्रति महासंघले गम्भीर आपत्ति  जनाएका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यसमितिको हालै सम्पन्न बैठकले मधेश प्रदेश सरकारका विभिन्न कदम र मन्त्रीका अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै महत्वपूर्ण निर्णयहरू गरेको छ।

महासंघले मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति सच्याउन आग्रह गर्दै राज्यद्वारा सञ्चारमाध्यम सञ्चालन नगर्नसमेत अपिल गरेको छ। महासंघको असार २१ गते जनकपुरधामस्थित कार्यालयमा सम्पन्न चौथो बैठकले अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले मन्त्री लेखीको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार र तथ्यहीन’ ठहर गर्दै तत्काल सच्याउन आग्रह गर्ने निर्णय गरेको छ। साथै, आगामी दिनमा कुनै पनि मन्तव्य राख्दा आफ्नो पदीय मर्यादा ख्याल राखी प्रमाणसहित अभिव्यक्ति राख्नसमेत अनुरोध गरिएको छ।

मधेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरिरहेको विषयमा पनि समितिको ध्यानाकर्षण भएको छ। महासंघले राज्यद्वारा सञ्चारमाध्यम सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तविपरीत भएको ठहर गरेको छ। यस्तो कदमले स्वरोजगारमूलक सञ्चारमाध्यमलाई थप संकटमा पार्नुका साथै सरकारको विचारलाई मात्रै प्राथमिकता दिने जोखिम पैदा गर्ने भएकाले मधेश सरकारलाई उक्त कदमबाट पछि हट्न अपिल गर्ने निर्णयसमेत गरिएको छ।

महासंघले लोककल्याणकारी विज्ञापनका माध्यमबाट स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण तथा प्रवर्द्धनका लागि बजेटको व्यवस्था गर्न मधेश सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ। यसबाहेक, नेपाल पत्रकार महासंघको विधान, २०६० को दफा ७ बमोजिम सबै जिल्ला शाखाहरूले २०८२ असार मसान्तभित्र अनिवार्य रूपमा सदस्यता नवीकरण गरी पठाउन तत्काल परिपत्र गर्ने निर्णय गरिएको छ।

कार्यालय व्यवस्थापनमा सहयोग पुऱ्याउने भंगहा नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाप्रति विशेष धन्यवाद ज्ञापन गरिएको छ भने महासंघको आगामी बैठक जनकपुरधाम बाहिर अन्य कुनै जिल्लामा आयोजना गर्ने निर्णयसमेत भएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,68,प्रमुख समाचार,367,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,424,विचार,30,विज्ञान प्रविधि,26,विश्व,64,समाचार,434,स्थानीय समाचार,264,स्वास्थ्य,38,हाइलाइट,88,
ltr
item
ekrantikhabar: कानून मन्त्री लेखीको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार र तथ्यहीन’ ठहर गर्दै तत्काल सच्याउन नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आग्रह
कानून मन्त्री लेखीको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार र तथ्यहीन’ ठहर गर्दै तत्काल सच्याउन नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आग्रह
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjH6xxh_i95Gb6mTlHzZYrA8dhUM6gBR3amLVP8RkRDVBb9g8Q_Qx-Z2Ymmx_HeSIPupyevU1TC-54qvj-t7WYipKEHX14NynvD27CgHK3Eyd52KMGVJUmDeF2BUnl6ioWWz51uy_pKtAyVwGy8wJJhOFbGBGwyIRYHUEA__Y8zlm63BLFlDcYKzzuhz4Ib/s320/mahasangh_madhesh_bigyapti-1751891516.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjH6xxh_i95Gb6mTlHzZYrA8dhUM6gBR3amLVP8RkRDVBb9g8Q_Qx-Z2Ymmx_HeSIPupyevU1TC-54qvj-t7WYipKEHX14NynvD27CgHK3Eyd52KMGVJUmDeF2BUnl6ioWWz51uy_pKtAyVwGy8wJJhOFbGBGwyIRYHUEA__Y8zlm63BLFlDcYKzzuhz4Ib/s72-c/mahasangh_madhesh_bigyapti-1751891516.png
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/07/blog-post_12.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/07/blog-post_12.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content