विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन: नेपालबाट दीपेन्द्र चौहानको सहभागीता

580

अमेरिकाको दक्षिण डकोटामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट दीपेन्द्र चौहानको सहभागीता
दक्षिण डकोटा, २६  असार । स्थानीय समाचारपत्रहरू— जुन हाम्रो समुदायको आवाज, पहिचान र आवश्यकताको प्रतिबिम्ब हुन—तिनको भविष्य, चुनौती र नवप्रवर्तनमाथि केन्द्रित अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन -International Society of Weekly Newspaper Editors (ISWNE) अमेरिकाको दक्षिण डकोटास्थित साउथ डकोटा स्टेट युनिभर्सिटी (SDSU) मा यही असार २५ गतेदेखि शुरू भएको छ ।

विश्वका अनुभवी सम्पादकहरूको साझा मञ्च बनेको यस सम्मेलनमा नेपालबाट वरिष्ठ पत्रकार दीपेन्द्र चौहान जन समीक्षा साप्ताहिकका अतिथि सम्पादकको हैसियतमा एकमात्र नेपाली प्रतिनिधिका रूपमा सहभागी भएका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा विश्व पत्रकार महासंघका संयुक्त सचिव रहेका चौहान सम्मेलनमा सहभागी भएका नेपालका एकमात्र प्रतिनिधि हुन् । सन् १९५५ मा स्थापना भएको ISWNE को उद्देश्य सम्पादकीय लेखनमा उच्च मापदण्ड प्रवद्र्धन गर्नु, विचार आदान–प्रदानको अवसर सृजना गर्नु तथा सम्पूर्ण राष्ट्रमा प्रेस स्वतन्त्रताको प्रवद्र्धन गर्नु हो। अमेरिका, क्यानडा, बेलायत, आयरल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, दक्षिण अफ्रिका र नेपाललगायतका मुलुकहरूबाट ISWNE मा सदस्यता रहेको छ ।

सम्मेलनको औपचारिक उदघाटन SDSU का अध्यक्ष ब्यारी डन, पत्रकारिता तथा सञ्चार विभागका निर्देशक जोशुवा वेस्टविक, तथा साउथ डकोटा न्यूज मिडिया एसोसिएसन (SDNA) का मोली म्याकरोबट्र्स र डेविड बोर्डेविकले संयुक्त रूपमा गरेका थिए ।
उदघाटन समारोहपश्चात "South Dakota's Changing Journalism Landscape" विषयक प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा अमेरिकी ग्रामीण पत्रपत्रिकाको बदलिंदो स्वरूप, स्थानीय समुदायको भूमिका, र डिजिटल युगमा साप्ताहिक पत्रिकाहरूको सन्दर्भमा चुनौती र सम्भावनाहरूवारे व्यापक बहस भएको थियो ।

त्यसैगरी SDSU कलेजियन नामक विद्यार्थी–समाचारपत्रले आफ्ना पाठकसँगको सम्बन्ध विस्तार, डिजिटल माध्यममा उपस्थितिका रणनीति र युवाहरूलाई पत्रकारितामा आकर्षित गर्ने उपायवारे आफ्नो अनुभव प्रस्तुत गरेको थियो ।
वरिष्ठ पत्रकार चौहानले सम्मेलनमा सहभागीतालाई नेपालजस्तो मुलुकका लागि महŒवपूर्ण अवसरका रूपमा लिँदै भने, "विश्वभरका पत्रकारहरूसँग प्रत्यक्ष संवाद, अनुभव आदान–प्रदान र चुनौतीका बीच पत्रकारिता कसरी अगाडि बढिरहेको छ भन्ने बुझ्न यो सम्मेलन निकै उपयोगी छ।" उनले नेपालको ग्रामीण पत्रकारिताका सवाल र समकालीन अवस्था विश्वसामु राख्ने अवसर पाएकोमा सन्तोष व्यक्त गरे ।

असार २९ सम्म चल्ने सम्मेलनमा विश्वका विभिन्न देशबाट साप्ताहिक पत्रिकामा आबद्ध सम्पादक र पत्रकारहरूको सहभागीता रहेको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,68,प्रमुख समाचार,367,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,424,विचार,30,विज्ञान प्रविधि,26,विश्व,64,समाचार,434,स्थानीय समाचार,264,स्वास्थ्य,38,हाइलाइट,88,
ltr
item
ekrantikhabar: अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन: नेपालबाट दीपेन्द्र चौहानको सहभागीता
अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन: नेपालबाट दीपेन्द्र चौहानको सहभागीता
https://blogger.googleusercontent.com/img/a/AVvXsEjmf81bbjpj-XQ_gDVJG9Osi0amafElAu4zDHRSfXAqN7Lk1FD3jmNVoQayJUn_NVhhb3WYu7h2y6UjCUseMah1UbKtFn2o_QHJ1cVpovCdTUukxTyJYAOiwqZiI9W7F59Ma9lTupZOrdL4lQd4L_x8xKXW7ju5VN4AP33NEbVkzI2t4hFpDFcMHBnFKQkT=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjmf81bbjpj-XQ_gDVJG9Osi0amafElAu4zDHRSfXAqN7Lk1FD3jmNVoQayJUn_NVhhb3WYu7h2y6UjCUseMah1UbKtFn2o_QHJ1cVpovCdTUukxTyJYAOiwqZiI9W7F59Ma9lTupZOrdL4lQd4L_x8xKXW7ju5VN4AP33NEbVkzI2t4hFpDFcMHBnFKQkT=s72-c
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/07/blog-post_10.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/07/blog-post_10.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content