२ साउन, काठमाडौं : जुवातास खेलेको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका–११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका–११ घर भएका ४२ वर्षीय साइला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका हुन् ।
साइला समेत १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
.jpg)
प्रतिक्रिया