जगत राई
वीरगञ्ज : पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाले पालिका भित्र रहेका सामुदायिक बिधालयका विद्यार्थीहरुको उच्च मनोबल बढाउने उदेश्यले पोशाक वितरण गरेको छ । जगरनाथपुर गाउँपालिकामा रहेका २८ वटा सामुदायिक विधालयमा अध्यानरत छात्रछात्राहरुमध्ये उत्कृष्ट अर्थात पहिलो दोस्रो तेस्रो भएकाहरुलाई पोशाक वितरण गरिएको पालिका प्रमुख यादवले बताएका हुन ।
उनले भने आफुले विकासको सुचामध्ये पहिलो प्राथमिकता भनेको शिक्षा क्षेत्रलाई लिएको बताउदै यसले समग्र विकासको क्षेत्रमा फड्को मार्न सक्ने बताएका छन् । शिक्षा प्राप्त गरेका विद्यार्थीहरुमा आफुले के गर्न सक्ने वा गर्न नसक्ने भन्ने बारेमा बिबेकशीलता हुने भएकोले भोलिका दिनमा आफ्नो पालिका शिक्षित भए उसले थप अरुलाई शिक्षा दिएर समृद्धि विकास निर्माणमा सहयोग पुराउन सक्ने पालिका प्रमुख यादवको भनाइ रहेको छ। उ शिक्षित हुनु भनेको घर परिवार शिक्षित हुनु हो त्यसैले पालिका भित्र रहेका सामुदायिक बिधालयका विद्यार्थीहरुमा सरभंङ्ग विकासका लागि यो कदम चालेका बताए ।अहिले हरेक कक्षाको वार्षिक परिक्षामा प्रथम दोस्रो तेस्रो भएका विद्यार्थीहरुलाई प्रोत्साहित प्रेरणादायी वातावरण सिर्जना गर्ने अभियानमा आफू लागि परेको पालिका प्रमुख यादवको भनाइ रहेको छ। विद्यार्थीहरु पढाईबाट निराशाजनक भएकालाई माथि उठाएर उत्साहित र हौसला प्रदान गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो ।
आगामी दिनहरुमा थप विद्यार्थीहरुमा आत्मविश्वास बढाउने र यो भन्दा राम्रो काम गरेर साक्षरता पालिका निर्माणको अभियानमा लागि परेको पालिका प्रमुख यादवको धारणा रहेको छ। पोशाक वितरण कार्यक्रममा शिक्षक शिक्षिका अभिभावक जनप्रतिनिधि तथा समाजसेवीहरुको समेत उल्लेखनीय सहभागी रहेको थियो ।
प्रतिक्रिया