पर्सा: वीरगञ्जको प्रमुख शक्ति पीठ गहवामाई मन्दिरबाट आज विशाल ‘गहवामाई रथयात्रा’सम्पन्न भएको छ ।
मन्दिर पुनर्निर्माण भएको १३औँ वर्षको उपलक्ष्यमा ‘गहवामाई रथयात्रा’ निकालिएको हो । मन्दिरमा विशेष पूजापछि सुरु भएको रथयात्राले नगरपरिक्रमा गर्दै पुनः मन्दिर परिशरमा पुगेर पुजा पाठ गरि यात्राको समापन भएको थियो ।
रथयात्रामा लाखौँ भक्तजन सहभागी भएका छन् । रथयात्रामा सहभागीहरूले भगवा र रातो रंगको लुगा लगाएर गहवामाईको जयकारा लगाएका थिए ।
आजै गहवामाई मन्दिर प्राङ्गणमा धार्मिक भजनकीर्तनको आयोजना गरिने तयारी गरिएको छ । मन्दिर परिसरमा शनिवार साँझ रथयात्राको प्रसाद वितरणका लागि ‘महाभण्डारा’को आयोजना गरिएको छ, भने‘गहवामाई रथयात्रा’ यात्राका लागि आज वीरगञ्ज महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिएको छ ।
रथ यात्रामा नेकपा एमालेका सांसद प्रभु हजरा, वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह राजनितिक दलका बिभिन्न नेताहरु सुरक्षा निकायका प्रमुखहरु लगायत जिल्ला भरीका स्थानियहरुको जनलहर उर्लियकोे थियो ।
प्रतिक्रिया