$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

मन्त्री यादव र युवा नेता साहको सहकार्यमा पकहाँमैनपुरको नयाँ पहिचान बन्दै, स्थानिय हर्सित

580


पर्सा-
मदेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव र नेकपा एमालेका युवा नेता अकलेश कुमार साह बिचको सहकार्य तथा समन्वयले गर्दा पकहाँमैनपुर गाउँपालिकामा करोडौंको बिकास परियोजनाहरुको कामसुरु भएको छ । 

पकहाँमैनपुर गाउँपालिकालाई बिकासको नयाँ पहिचान बनाउने भिजनका साथ अगाडी बढेका युवा नेता साहले मन्त्री यादवसंगको सहकार्य तथा समन्वयले गर्दा पालिकामा करोडौंको बिकास परियोजनाहरुको काम सुरु गराउन सफल भएका हुन ।

जिल्लाको पकाहाँमैनपुर गाउँपालिका विकासको नयाँ पहिचान बन्दै गएको छ, जसको मूल श्रेय कुनै निर्वाचित जनप्रतिनिधिलाई होइन, तर नजितेका तर जनताको मन जितेका नेकपा एमालेका युवा नेता तथा गाउँपालिका अध्यक्ष अकलेश कुमार साहलाई जान्छ। हालै मात्र साहको अथक पहल, लगनशीलता र प्रभावकारी समन्वयमार्फत मदेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवबाट ४५ लाख रुपैयाँको बजेट निकासा गराई पकाहाँ मैनपुर गाउँपालिका वडा नं १ अन्तर्गत धोरेदेखि मडैयामाईसम्मको मुख्य बाटो ढलानको काम थालिएको छ। यसैगरी वडा नम्बर ३ मैनपुरमा ४५ लाखको लागतमा नाला तथा सडक ढलानको काम सुरु गराउन सफल भएका हुन,भने लहावथकरीमा ४५ लाखको लागतमा सडक ढलानको योजना समावेश समेत गराएका छन । 

कामको स्थलगत निरीक्षण गर्दै नेता साहले निर्माण कार्यमा कुनै पनि प्रकारको ढिलाइ वा लापरबाही स्वीकार्य नहुने स्पष्ट रुपमा बताएर जिम्मेवारीप्रति सजगता प्रकट गरेका छन्। उनी स्वयं निर्माण प्रगति अनुगमनमा जुटिरहेका छन् र सम्बन्धित पक्षलाई गुणस्तरीय काम छिटो सक्न आग्रह गर्दै आएका छन्।

यो कामलाई लिएर स्थानीय बासिन्दाहरू अत्यन्तै उत्साहित छन्। उनीहरूको भनाइमा, “हामीले आजसम्म जितेर आएका नेताहरूबाट यत्रो सेवा पाएका थिएनौं, जुन अहिले पदमा नरहेका एक युवा नेताको पहलमा भइरहेको छ।” साहको सक्रियतामा गाउँपालिकाभरिका दर्जनौं स्थानमा विकासका कामहरू अघि बढिरहेका छन्, जुन कुरा आफैँमा एक अभूतपूर्व दृष्टान्त बनेको छ।

नेकपा एमाले निकट जनसङठन अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघका केन्द्रीय उपाध्यक्ष, मधेस प्रदेशका इन्चार्ज तथा पकाहाँ मैनपुर गाउँपालिका अध्यक्ष रहेका साह राजनीतिक दृष्टिकोणले मात्र होइन, व्यवहार, नैतिकता र जनसेवामा पनि अग्रपंक्तिमा उभिएका छन्। उनी कुनै पदमा नभए पनि जनताको सुख–दुखमा सधैं साथ दिन्छन्, समस्या पर्दा रातदिन नभनी गाउँका घर–घर पुग्छन्, जनताको कुरा सुन्छन् र समाधानका लागि पहल गर्छन्।

साहको नेतृत्व क्षमताप्रति स्थानीय जनताको विश्वास दिन प्रतिदिन बढ्दो छ। उनीहरू खुलेर भन्छन्, “हामीले साहलाई मात्रै नेता मानेका छौं, अब २०८४ को स्थानीय निर्वाचनमा उहाँलाई जिताएर गाउँको औपचारिक नेतृत्व पनि उहाँकै हातमा दिनुपर्छ।”

गाउँका युवादेखि वृद्धसम्म, किसानदेखि व्यापारीसम्म सबैले साहको इमानदारी, कर्मशीलता, सहज पहुँच र पारदर्शी कार्यशैलीको खुलेर प्रशंसा गरिरहेका छन्। उनका पहलमा अहिले पकाहाँ मैनपुरमा दर्जनौं विकास योजनाहरू बजेट विनियोजन,भई निर्माण कार्यको चरणमा पुगेका छन्। सडक, नाला, खानेपानी, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधार निर्माणमा देखिएको तीव्रता साहकै निरन्तर प्रयास र समर्पणको नतिजा हो।

अकलेश कुमार साह अब केवल सम्भावित उम्मेदवार होइनन्, उनी जनताका नजरमा विश्वासिलो, इमानदार र सक्षम नेतृत्वको प्रतीक बनेका छन्। न पदको लोभ, न व्यक्तिगत लाभको चाहना – उनी जनतासँगै छन्, जनताको सेवामा छन्, र गाउँको समुन्नत भविष्य निर्माणमा पूर्ण समर्पित छन्।

यही कारण हो कि आज पकाहाँ मैनपुरका जनताले गर्वका साथ भन्छन्, “हामीले नेता जितेका छैनौं, तर नेताजस्तो काम गर्ने एक असल युवालाई पाएका छौं – उहाँ नै हो अकलेश कुमार साह।”

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,535,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,621,विचार,35,विज्ञान प्रविधि,26,विश्व,87,समाचार,603,स्थानीय समाचार,309,स्वास्थ्य,44,हाइलाइट,157,
ltr
item
ekrantikhabar: मन्त्री यादव र युवा नेता साहको सहकार्यमा पकहाँमैनपुरको नयाँ पहिचान बन्दै, स्थानिय हर्सित
मन्त्री यादव र युवा नेता साहको सहकार्यमा पकहाँमैनपुरको नयाँ पहिचान बन्दै, स्थानिय हर्सित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhPsk1WD_Bc1RRJZIefo3QUwxolJStZwD6mwCvK8qHohlS_fs_sIvSS2fJAKjQR3fm5-ZBK_oLZ09WjCKes1t87MD6WvsfKqjUsvm_nYVtRw3as0LKFQQudweaqqGfRp36uy5cJonO11z52xTnlmgViinRLdpwa1o4o0lXpCqxT-S54QKdc4w8LKNdPDk1v/s320/500027803_1031468155623166_5281443799324212021_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhPsk1WD_Bc1RRJZIefo3QUwxolJStZwD6mwCvK8qHohlS_fs_sIvSS2fJAKjQR3fm5-ZBK_oLZ09WjCKes1t87MD6WvsfKqjUsvm_nYVtRw3as0LKFQQudweaqqGfRp36uy5cJonO11z52xTnlmgViinRLdpwa1o4o0lXpCqxT-S54QKdc4w8LKNdPDk1v/s72-c/500027803_1031468155623166_5281443799324212021_n.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_38.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_38.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content