पर्सा- नेकपा (एमाले)का सांसद प्रभु हजराको आम नागरीकमा लोकप्रियता बढदैं गएको छ ।
सांसद हजराले आम नागरीकको चाहना अनुसारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा पर्सा जिल्लाको करोडौं रुपैया बराबरको बिभिन्न बिकास परियोजना समावेश गराउन सफल भएसंगैं उनको लोकप्रियता बढदैं गएको हो ।
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य, पर्सा जिल्ला इञ्चार्ज समेत रहेका सांसद हजराको सक्रियतामा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २० मा रहेको गढीमाई मन्दिर स्तरोन्नतिका लागि ३ करोड, वडा नम्बर २१ स्थित पटेलनगर र वडा नम्बर ३१ सोलकपुरमा सडक निर्माणका लागि छुट्टाछुट्टै ३÷३ करोड रुपैयाँको बजेट विनियोजन गराएका छन । यसैगरी उनले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ मा रहेको नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि पनि ३ करोड, वडा नम्बर २ मा सडक निर्माण गर्न ३ करोड र वडा नम्बर १६ मा अवस्थित भुटनदेवी माई मन्दिर परिसरमा पार्क निर्माणको लागि १ करोड २८ लाख रुपैयाँको बजेट विनियोजन गराउन सफल भएका हुन भने, सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) महानगरपालिकाले तयार समेत गरिसकेको छ ।
सांसद हजराको पहलमा समावेश हुनपाएको यो एतिहासीक बिकास परियोजनाले अहिले जिल्ला भरी चर्चाको बिषय बनेको छ, भने आम नागरीकले सांसद हजरा प्रति छुटैं भावना ब्यक्त गरिरहेका छन ।
पछिल्लो समयमा पनि सांसद हजराले पर्सा जिल्लाको समग्रह बिकासको लागी अहम भुमिका खेल्दैं आएका छन, भने उनले सडक, समुदायिक भवन, मठ्ठ मन्दिर, बिद्यालय स्तरउन्नती लगायतका दर्जनौं योजनाहरु बजेटमा समावेश गराएर काम समेत सम्पन्न गराउन सफल समेत भएका हुन ।
यति मात्र होईन्न सांसद हजराको सक्रियता तथा पहलले गर्दा वीरगञ्ज महनगरपालिकाको वडा नम्बर ३० लालपर्सामा कब्रस्तानको पर्खाल निर्माण गर्न ९० लाख, वडा नम्बर २३ प्रसौनीमा सडक निर्माण गर्न १ करोड ४५ लाख, वडा नम्बर ३१ बेलवा, ३२ चोर्नी र १५ नम्बर लक्षुमणवामा समुदायीक भवन निर्माण गर्न १/१ करोड गरि ३ करोेड छुट्टाछुट्टै रकम ०८०/०८१को बजेटमा समावेश गराउन सफल भएको र कतिपय बिकास परियोजनाहरुको काम अन्तिम चरणमा समेत पुगी सकेको देखिएको छ ।
सांसद हजरा नेकपा एमालेको समानुपातिक तर्फबाट प्रतिनिधि सभामा भाग लिन पाएका छन, भने एमालेले चलाएको मिशन ८४ अभियान सफल बनाउन आफु पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनमा भाग लिने कुराले निकै चर्चाको बिषय बनेको छ ।
सांसद हजराले पर्सा जिल्लालाई समग्रह रुपमा समृद्ध बनाउने भिजनका साथ आफु मिशन ८४मा प्रत्यक्षबाट निर्वाचनमा भाग लिने र अहिले सोही अनुकुल आफु अगाडी बढिरहेको बताउछन ।
दुई कार्यकाल नेकपा एमाले पर्सा जिल्ला कमिटिको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका सांसद हजराको राजनितिक प्रिष्ठभुमी निकै फरक र बलियो देखिएको छ । पर्सा जिल्लामा एमालेलाई स्थापित गर्न र नेता कार्यकर्ताहरुलाई एक ढिक भएर अगाडी बढाउन उनले आफ्ना कार्यकालमा योजनाबद्ध तरिकाले काम गरेर जिल्लामा एमालेलाई स्थापित गर्न एउटा सफल नेताको रुपमा रहेको जानकारहरु बताउछन ।
जनताको माझमा रहेर काम गर्नुका साथै आम नागरीकसंग जुडेको नेताको रुपमा सांसद हजरा रहेका छन, भने सदन चलेको बेला राजधानी र समय पाउने बितिकैं जनताको समस्या बुझ्न आफ्ना गृह जिल्लामा अनुगमन तथा कार्यकर्तासंग भेटघाट गर्ने उनले दिनचर्या नै बनाएर काम गरिरहेको देखिन्छ ।
सांसद हजराले देश र जनताको बिकास नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउछन । सबैका साथले, सबैका बिकास हुने उनको टिपण्णी छ र सोही अनुसार आम नागरीकको भावनाको कदर गर्दै कार्यकर्ताहरुसंग भेटघाट तथा क्षेत्रमा अनुगमन गरेर आफु अगाडी बढिरहेको बताउछन ।
कार्यकर्तासंगको भेटघाट र नयाँ बजेटमा समावेश गराउन सफल भएका एतिहासीक बिकास परियोजनाले गर्दा जिल्लामा उनको लोकप्रियता बढेको छ । पर्सा जिल्ला र क्षेत्रका जनताको लागी उनले देखाएका जिम्मेवारीले गर्दा ०८४को निर्वाचनमा प्रत्यक्षबाट भाग लिने आम जनताले प्रोतसाहन गरिरहेका छन, भने कतिपयले पर्सा जिल्लाको क्षेत्र नम्बर १मा सांसद हजराको बिकल्प नरहेको दावी समेत गरेका छन ।
सांसद हजराले संघीय सरकारमार्फत पर्सा जिल्लामा ठूला विकास योजनाहरू ल्याउन पहल गर्दै आएको र आगामी दिनमा पनि जनताको आवश्यकता र माँगअनुसार थप विकास योजनाहरू कार्यान्वयन गरिने समेत प्रतिबद्धता समेत जनाएका छन ।

प्रतिक्रिया