$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्सा–३ मा निर्वाचनको सरगर्मी:शिक्षा, स्वास्थ्य,पूर्वाधार र धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पाण्डे चुनावी दौडमा

580


पर्सा-
प्रतिनिधि सभाको अगामी निर्वाचाको करिव २ बर्षको समय अवधी हुदाँ पनि पर्सा जिल्लामा निर्वाचन र सम्भावित उम्मेदवारबारे चर्चा र बहस हुन थालेको छ  । यही माहोलबीच युवा व्यवसायी रुपेश कुमार पाण्डेको उम्मेदवारी तयारीको चर्चा व्यापक बन्दै गएको हो  । स्थानीयस्तरमा सक्रियता, स्पष्ट भिजन र व्यवहारिक योजनाका आधारमा पाण्डेय जनताबीच लोकप्रिय हुँदै गएका छन् । 

प्रायस्ले मिसन ८४ अभियान सहित देश दौडाहामा लागिरहँदा पाण्डे पनि जनताको माझमा भिज्दै गएका छन्  । नागरिकस्तरबाट नै उनलाई २०८४ मा हुने निर्वाचनबाट सांसद बनेर विकासका काममा आउनुपर्ने दवाव दिइरहेका छन्  ।

नेताहरूको देश दौडाहा तीव्र भइरहेका बेला पाण्डेय भने पर्सा–३ भित्रका गाउँ, बजार र बस्तीमा जनसंवादमै केन्द्रित छन् । क्षेत्रका जनताको अपेक्षा, समस्या र सुझाव सुन्ने क्रममा उनी चुनावी प्रतिस्पर्धाका लागि आफूलाई प्रस्तुत गरिरहेका छन् ।

चिया पसलदेखि गल्लीसम्म पाण्डेयप्रतिको समर्थन सांसदकै रूपमा भइरहेको देखिन्छ । युवावर्गदेखि बुद्धिजीवी समुदायसम्म पाण्डेयप्रति बढ्दो आशा र समर्थन बाँक्लिँदै गएको छ  ।

स्थानीय विकासको विस्तृत एजेन्डासहित मैदानमा

रुपेश पाण्डेले पोखरिया, पकहाँ, महुवन, श्रीपुर पाँचगावा लगायत क्षेत्रका बजारहरूलाई व्यवस्थित र आधुनिक बनाउने योजना अघि सारेका छन्  । धार्मिक गन्तव्य भाडा भगवान स्थलको संरक्षण तथा प्रवर्द्धनका लागि राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्  । 

पोखरिया बजारको विकासलाई विशेष प्राथमिकता दिँदै उनी भन्छन्, अबको पोखरिया पुरानै स्वरूपमा होइन, व्यवस्थित र आधुनिक हुनु जरुरी छ । कृषिमा प्रविधिकरण, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, मठमन्दिरको संरक्षणजस्ता विषयलाई उनले चुनावी मुद्दा बनाउँदै आएका छन्  ।

कृषिमा प्रविधिको प्रयोग, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, मठमन्दिरको संरक्षण, युवाका लागि रोजगारी सिर्जना, पूर्वाधार विकासलगायत विषयमा स्पष्ट भिजनसहित अघि बढिरहेका पाण्डेय भन्छन्, ुअबको आवश्यकता नारावादी राजनीति होइन, योजनावद्ध र परिणाममुखी नेतृत्व हो ।

विगतमा जनताबाट भोट लिएर सत्तामा पुगेपछि पार्टी र आफ्ना नजिकका मानिसलाई मात्रै प्राथमिकता दिने नेताको प्रवृत्तिबाट नागरिक आजित भएको पाण्डेले बताए  ।  

पाण्डेयले पर्सा–३ भित्र पर्ने ७ वटा स्थानीय तह र ३५ वटा वडालाई आर्थिक, सामाजिक र पूर्वाधारको दृष्टिकोणबाट समुन्नत बनाउन दीर्घकालीन योजना बनाइसकेको जनाएका छन्  ।

समाजसेवामा बढ्दै सक्रियता

पाण्डेयले पर्सा जिल्लाको मानिकपुर, वार्ड नम्बर २ निवासी पाण्डेयले विगत केही वर्षदेखि समाजसेवा, स्थानीय समस्या बुझ्ने र समाधान खोज्ने कार्यमा निरन्तर सक्रियता देखाउँदै आएका छन्  । यही निरन्तरताको आधारमा नागरिकले उनीप्रति भरोसा बढाइरहेका छन् ।

अब प्रतिनिधित्व पार्टीको अनुहारबाट होइन, काम गर्ने क्षमताबाट मूल्यांकन हुनु जरुरी छ, उनी भन्छन्,जनताले भोगेको पीडालाई अनुभूति गर्न सक्ने नेतृत्व नै साँचो प्रतिनिधि हो ।

पाण्डेको सक्रियता र सम्भावित उम्मेदवारीले पर्सा–३ मा राजनीतिक चर्चा मात्रै होइन, स्थानीय विकासको बहस पनि सुरु गरेको छ  । ‘विकासको ढोका खोल्ने प्रतिनिधि’को रूपमा उनी आफूलाई प्रस्तुत गरिरहेका छन्  । उनका समर्थकहरू भन्छन्, यो अबको पुस्ताको नेतृत्व हो, जसले देखाउने होइन, गरि देखाउने समय ल्याएको छ ।

पर्सा जिल्लाबाट ४ जना प्रत्यक्ष प्रतिनिधि सभा सदस्य, ८ जना प्रदेश सभा सदस्य तथा ५ जना मन्त्री बनिसकेका छन्  । तर पनि अपेक्षित विकास नहुनु दुखद रहेको पाण्डेयको भनाई छ । उनले भने, राजनीतिक प्रतिनिधित्व उच्च भए पनि विकासमा गति नआउनु विडम्बना हो ।

उनका अनुसार जिल्लाको व्यापारिक, सामाजिक तथा भौगोलिक सम्भावनालाई व्यवहारमा उतार्न सक्ने नेतृत्व आवश्यक छ  । त्यसका लागि अब नेतृत्व समाज–केन्द्रित र उत्तरदायी हुनुपर्छ  ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,529,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,616,विचार,35,विज्ञान प्रविधि,26,विश्व,87,समाचार,600,स्थानीय समाचार,309,स्वास्थ्य,44,हाइलाइट,157,
ltr
item
ekrantikhabar: पर्सा–३ मा निर्वाचनको सरगर्मी:शिक्षा, स्वास्थ्य,पूर्वाधार र धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पाण्डे चुनावी दौडमा
पर्सा–३ मा निर्वाचनको सरगर्मी:शिक्षा, स्वास्थ्य,पूर्वाधार र धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पाण्डे चुनावी दौडमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhdhQHxGZ4IaopS5nGyDz41RbkOdOdq0r0b0DgNvV9d1A9D_k8NiUHORpB0k8QkKetaQVN7nUVtNJF4cw-GchA_rB_zUvE_6qrIJopLonm4w3LJQniyYDMagOb78OP4jOiu5X_I4Zdw4J7nOpoSrMH78NOXK-0PNabeH30OWmaRlB5zTh6zT747E7iUpQWK/s320/50d56ce2-6bbb-40ca-afdd-b5c1ff34094c.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhdhQHxGZ4IaopS5nGyDz41RbkOdOdq0r0b0DgNvV9d1A9D_k8NiUHORpB0k8QkKetaQVN7nUVtNJF4cw-GchA_rB_zUvE_6qrIJopLonm4w3LJQniyYDMagOb78OP4jOiu5X_I4Zdw4J7nOpoSrMH78NOXK-0PNabeH30OWmaRlB5zTh6zT747E7iUpQWK/s72-c/50d56ce2-6bbb-40ca-afdd-b5c1ff34094c.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_3.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_3.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content